गोरखा अस्पतालमा कोरोना संक्रमितको मृत्यु, नेपालभर मृत्यु हुनेको संख्या ३३ पुग्यो
गोरखा : गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पालुङटार नगरपालिका वडा नं.७ निवासी ४४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३३ पुगेको छ ।गोरखा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. नविन थापाले ती पुरुषको शनिबार बिहान ५ बजेर ५ मिनेटमा मृत्यु भएको जानकारी दिए । अस्पतालको आइसोलेसनमा राखेर उनको उपचार हुँदै आएको थियो । डा। थापाका अनुसार उनी डाइबिटीजको दीर्घरोगीसमेत थिए ।
ती ...







