
कुरिनटार: १८ असार । चितवनको इच्छाकामना ४ कुरिनटार स्थित सर्वशान्ति मावि कुरिनटारले स्वर्ण महोत्सव २०७६को खर्च विवरण सार्वजनिक गरेको छ । महोत्सव सम्पन्न भएको ७ महिनापछि बिहिबार एक कार्यक्रमकाबिच खर्च तथा आम्दानीको विवरण सार्वजनिक गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक तथा महोत्सवका सदस्य सचिव जोहन खरेलले आय व्यय प्रश्तुत गर्नुभयोे । उहाँले विभिन्न ११ शिर्षकमा ३९ लाख ५९ हजार २ सय ६२ रुपैयाँ २३ पैसा खर्च भएको बताउनुभयो । त्यसै गरि आम्दानी तर्फ चन्दा बापत ३९ लाख, ३५ हजार १२ रुपैयाँ ७२ पैसा र टिडिएसबाट २४ हजार २ सय ४९ रुपैयाँ ५१ पैसा आम्दानी भएको बताउनुभयो ।
स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक चन्द्रमणी सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न राजनितिक दलका प्रतिनिधि, महोत्सवका विभिन्न उपसमितिका संयोजकहरुले मन्तव्य राखेका थिए ।
स्वर्ण महोत्सव २०७६ पौष १३ गते देखि सुरु भई १९ गते सम्पन्न भएको थियो । महोत्सवको नेपाल कम्यूनिष्ट पार्टी (नेकपाका)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन र नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले समापन गर्नुभएको थियो ।
हेर्नुहोस् स्वर्ण महोत्सवको आम्दानी तथा खर्च