शिक्षा/स्वास्थ्य

जंगली च्याउ खाँदा ५ जना बिरामी

जंगली च्याउ खाँदा ५ जना बिरामी
दाङ :  जंगली च्याउको तरकारी खाँदा दाङको तुलसीपुरमा ५ जना बिरामी भएका छन् ।बिरामी हुनेमा तुलसीपुर उपमहानगरपालिका–८ गहतेखोलाका ६९ वर्षीय सत्य पुन, उहाँकी श्रीमती ६१ वर्षीया मैती पुन, तुलसीपुर –५ निवासी छोरी भोला पुन, नातिहरु ११ वर्षीया विशाल पुन र १५ वर्षीय लित पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ । अस्पतालका अनुसार सत्य पुनकी श्रीमती मैती पुनको अवस्था गम्भीर छ । उनीहरुले वनबाट ल्याएको च्याउ आइतबार साँझ पकाएर खाएका थिए ।

चितवनका थप ५ जनामा कोरोना संक्रमण पुष्टि

चितवनका थप ५ जनामा कोरोना संक्रमण पुष्टि
चितवन  : सोमबार चितवनमा थप पाँच जना कोरोना संक्रमित फेला परेका छन् । माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् । भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको छ । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं। २, ५, ६ र ८ मा एक–एक जना संक्रमित फेला परेका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् । यसैगरी भरतपुर महान...

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
पर्वत :  सोमबार गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले स्याङ्जामा थप १२ जना र नवलपरासी पूर्वमा थप ८ जना कोरोना संक्रमित थप भएको जानकारी दिएको छ । आज बिहान एक प्रेश विज्ञप्ती प्रकाशित गर्दैैै निर्देशनालयले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा ७ वर्षका तीन जना बालक सहित ३०, ३१, १६, ३८ र ३० वर्षका पुरुष, ६ वर्षिया एक बालिका र ५० वर्षिय महिलामा संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्याङ्जाकै कालीगण्डकी गाउँपालिकाका १...

गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५ सय ४ पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमित संख्या ५ सय ४ पुग्यो
  तनहुँ : कोरोना भाइरसबाट गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या ५ सय ४ पुगेको छ।आइतबार प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। आज संक्रमण पुष्टि हनेहरुमा बाग्लुङका ९ जना,म्याग्दीका ४ जना, पर्वतका २ र तनहुँका १ जना रहेका प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डाक्टर विनोदबिन्दु शर्माले जानकारी दिनुभयो । सङ्क्रमितमध्ये ४९ जना निको भएर घर फर्किएका छन् भने १ जनाको ज्यान गएको छ ।

इच्छाकामना गाउँपालिका लामिडाडा तिनघरेमामा स्वास्थ चौकी भवनको सिलान्यास।

इच्छाकामना गाउँपालिका लामिडाडा तिनघरेमामा स्वास्थ चौकी भवनको सिलान्यास।
चितवनको इच्छाकामना गाउँपालिका वार्ड न ४ को माथिल्लो भेग तिनघरेमा  उपस्वास्थ्य चौकी भवनको सिल्यान्यास भएको छ। चितवनको पहाडी भुभाग समेटिएर बनाइएको इच्छाकामना गाउँपालिकाको अधिकांस माथिल्लो भुभागमा स्वास्थ्य संस्थाको पहुँच नपुग्दा स्थानिय मर्कामा परै आएकाथिए। सडक बाटो भरपर्दो नभएको साथै बोकेर तल सडक सम्म बिरामी झार्न पनि असहज भएको स्थान हरुमा स्वास्थ केन्द्र स्थापना गर्ने क्रममा वडानम्बर ४ मा पनि स्वास्थ चौकी भवनको सिलान्यास गरिएको हो। सिल्यान्यासमा गाउँपालिका अध्यक्ष उपाध्यक्...

नेपालमा कोरोना रोकथामको कार्ययोजना कार्यान्वयन पक्ष नै फितलो

नेपालमा  कोरोना रोकथामको कार्ययोजना कार्यान्वयन पक्ष नै फितलो
काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको अवस्थालाई चार तहमा विभाजन गरी कार्ययोजना ल्याएको भए पनि कार्यान्वयन पक्ष भने फितलो देखिएको छ । पहिलो चरणमा शून्यदेखि २ हजार, दोस्रो चरणमा २ हजारदेखि ५ हजार, तेस्रो चरणमा ५ हजारदेखि १० हजार र चौथो चरणमा १० हजारभन्दा माथि संक्रमितलाई आधार मानेर स्वास्थ्य क्षेत्र आपतकालीन प्रतिक्रिया योजना बनाइएको थियो । संक्रमितको संख्यालाई आधार मान्दा अहिले तेस्रो चरणको कार्ययोजना लागु हुनुपर्ने हो । नेपालमा पाँच हजारद...

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना संक्रमणको पुष्टि, प्रदेशभर संक्रमितको संख्या २ सय २३ पुग्यो

गण्डकी प्रदेशमा थप १८ जनामा  कोरोना संक्रमणको पुष्टि, प्रदेशभर संक्रमितको  संख्या २ सय २३ पुग्यो
गोरखा, २ असार । गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस (कोभिड –१९) संक्रमित फेला परेका छन् ।गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित फेला परेका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र एक महिलामा कोरोना संक्रमण पुष्टि भए...

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुग्यो
काठमाडौं : नेपालमा आज थप ४ सय २५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय २५ जनासहित देशैभर कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको जानकारी दिए । संक्रमितमध्ये ९ सय ७४ जना उपचारपछि घर फर्किएका छन् भने ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

नेपालमा दैनिक २० हजारको पीसीआर परीक्षण हुने

नेपालमा दैनिक २० हजारको पीसीआर परीक्षण हुने
काठमाडौं :  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतले अब दैनिक २० हजारको सङ्ख्यामा कोरोना भाइरसको परीक्षण हुने बताएका छन् । नेपालमा हाल चारदेखि पाँच हजारको सङ्ख्यामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ भन्दै उनले सरकारले यसलाई बढाएर दैनिक २० देखि २२ हजारको सङ्ख्यामा परीक्षण गर्ने तयारी गरिरहेको बताए । गोरखापत्र सँगको कुराकानीमा स्वास्थ्य राज्यमन्त्री रावतले भारतको सीमामा बसिरहेका नागरिकलाई मापदण्ड अनुसारको क्वारेन्टाइन नहुँदा कतिपय भारतबाट आएका नागरिक सङ्क्र...

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो
गुल्मी :  विश्वभर महामारीको रुपमा फेलिएको कोरोनाबाट गुल्मीमा एकजनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर–९ स्थित तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नम्बर ४ का ३६ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । उपचारको क्रममा निधन भएको उपचारमा खटिएका डा। कविराज भुसालले बताए । स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएका थिए । कोसिस गर्दागर्दै पनि बिरामीलाई बचाउन नसकिएको डा। भुसालले बताए । शवलाई राति नै उनकै जन्मस्था...