बेनीघाट रोराङ गाउँपालिकाको सम्पूर्ण सेवा एक हप्ता बन्द हुने
धादिङ, २९ साउन । बेनीघाट रोराङ गाउँपालिकाले बिपद् सम्बन्धि र अत्यावश्यक बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९०को संक्रमण जिल्लाका विभिन्न स्थानमा संक्रमित पहिचान भएकाले समुदाय स्तरमा फैलन सक्ने भएकाले रोकथाका लागि गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा शुक्रबार देखि बन्द गर्ने भएको हो ।
साथै गाउँपालिका क्षेत्रभित्र कार्यक्षेत्र भएका संघ–संस्था, वित्तिय संस्था, सार्वजनिक यातायात, होटल, उद्योग तथा व्यापार –...








