काठमाडौं : कोरोना भाइरसको संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । पछिल्लो २४ घन्टामा देशका विभिन्न जिल्लामा चारजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले धनुषाका ६० वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको जानकारी दिए । त्यस्तै धनुषाकै ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
त्यस्तै काभ्रेकी ५० वर्षीया महिलाको किष्ट मेडिकल कलेज ललितपुरमा र सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोभास्कुल सेन्टरमा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रवक्ता गौतमले विभिन्न जिल्लामा थपिएका ६ सय ३८ जनासहित देशभर संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये १६ हजार ६ सय ६४ जना उपचारपछि घर फर्किएका छन् भने ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
इच्छाखबर संवाददाता












