कुुरिनटार : इच्छाकामना ४ कुरिनटारमा रहेको सर्वशान्ति माध्यमिक विद्यालयले शिक्षकहरुका लागि सुचना सञ्चार प्रविधि तालिम संचालन गरेको छ । तालिमको आज इच्छाकामना गाउँपालिका शिक्षा शाखा प्रमुख दुर्गादेवी खड्काले उद्घाटन गर्नुभयो ।
तालिमको उद्घाटन गर्दे शिक्षा शाखा प्रमुख खड्काले शिक्षण पेशालई प्रभावकारी र औचित्यपूर्ण बनाउन शिक्षकहरुमा सूचना प्रविधिको ज्ञान सीप अपरिहार्य हुनुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँले सिकेको ज्ञानसीपलाई व्यावहारमा लागु गर्नुपर्ने बताउनुहुदैँ तालिमको सफलताको कामना गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक जोहन खरेलले विद्यालय शिक्षालाई समयानुकूल प्रभावकारी बनाउन आन्तरिक शिक्षकहरुको सहजीकरणमा विद्यालयले नि स् शुल्क तालिम आयोजना गरिएको बताउनुभयो । सामाजिक दुरी कायम राख्दै आवश्यक सुरक्षा सतर्कताका साथ तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

तालिमका सहजकर्ता शिक्षक अर्जुन बहादुर खत्रीले तालिमको औचित्य बारे थप प्रकाश पार्नुभएको थियो ।
छ दिने यस तालिमले वर्तमान परिवेशमा शिक्षकको पेशागत विकास र प्रभावकारी शिक्षण सिकाईको लागि शिक्षकहरूलाई उत्प्रेरित गर्ने प्रशिक्षक खत्रीको विश्वास छ ।
शिक्षक अर्जुन बहादुर खत्री, इन्दिरा सापकोटा र कम्प्युटर शिक्षक रोशन सिलवाल प्रशिक्षक रहेको तालिममा माविदेखि प्रावि सम्मका २५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेका छन् ।
(A STEP TOWARDS ICT FRIENDLY SCHOOL) “सुचना सञ्चार प्रविधि मैत्रि विद्यालयको लागि एउटा पाइला” भन्ने नाराका साथ संचालन गरिएको तालिम ६ दिन सम्म चल्ने प्रशिक्षक खत्रीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमको सञ्चालन शिक्षक शिवप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।