कुरिनटार : नेपाल राहत शिक्षक समिति इच्छाकामनाको अध्यक्षमा शिक्षक देव बहादुर गुरुङ चयन हुनुभएको छ समितिको आज सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा माझगाउँ माविका शिक्षक देव बहादुर गुरुङलाई चयन गरेको हो।

अधिवेशनले समितिको सह–अध्यक्षमा रामप्रसाद त्रिपाठी, उपाध्यक्षमा दुर्गा पुरी, सचिवमा मदनकुमार चेपाङ, सह–सचिवमा माधव गिरी, कोषाध्यक्षमा कमला बुढाथोकी, सदस्यहरुमा सोविता थापा, युवराज गुरुङ, कञ्चन गुरुङ, विष्णु अधिकारी र दुर्गा गुरुङलाई चयन गरेको छ।