बाढीपहिरोबाट ११२ जनाको मृत्यु, ६८ जना बेपत्ता
काठमाडौ : अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म देशभर १ सय १२ जनाको मृत्यु भएको छ। परी हालसम्म ६८ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौँमा २५, भक्तपुरमा पाँच र ललितपुरमा १८ जनाको मृत्यु भएको छ।
शनिबार रातिसम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।
उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुल...









