धादिङ : अन्जन स्मृति प्रतिष्ठान बेनीघाट रोराङ ९ को आयोजनामा मझिमटारमा सम्पन्न अञ्जन स्कृति कप २०८१ खुल्ला पुरुष भलिबल प्रतियोगिता हाम्रो मुग्लिन, इच्छाकामनाले जित्न सफल भएको छ ।
१२ टिम सहभागी उक्त प्रतियोगितामा बेनीघाट रोराङको चन्द्रोदय वहुमुखी क्याम्पस द्वितिय, जनसेवा युवा क्लव गोरखा तृतीय र सबेनीघाट रोराङ कै हिमालयन युवा क्लव,विधाङ सान्त्वना भएका छन् ।
उपाधी विजेतालाई रु ५० हजार, द्वितियलाई २५ हजार तृतियलाई २० र सान्त्वनालाई ५ हजार प्रदान गरिएको छ । विजेताहरुलाई पुरस्कार वितरणका प्रमुख अतिथि पालिका अध्यक्ष कृष्णबहादुर थपलियाले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा हाम्रो मुग्लिनबाट सर्वोकृष्ट खेलाडीमा नविन महतो उत्कृष्ट सेटर मन्जिल गुरुङ, उत्कृष्ट ब्लकरमा निकेश महतो, उत्कृष्ट डिफेण्डर योगेश राई भए भने चन्द्रोदय वहुमुखी क्याम्पसका खेलाडी रुकेश मगर उत्कृष्ट स्पाईकर, उत्कृष्ट सर्भरमा विदुर ईटनी पुरस्कृत भए ।
प्रतिष्ठानले गत वर्ष सोही मितिमा खुल्ला क्लब स्तरीय फुटबल आयोजना गरेको थियो । उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम ५० हजार र उप विजेता २५ हजार, उत्कृष्ट खेलाडी ३ हजार, उत्कृष्ट गोलरक्षक ३ हजार, उत्कृष्ट गोलकर्ता ३ हजार प्रदान गरेको थियो ।
अन्जन सिलबाल बेनिघाट रोराङ ९ चौकीटार निवासी ३४ वर्षका युवा ब्यवसायी तथा बेनीघाट रोराङ ९ को माओवादी केन्द्रका सचिव थिए । उनको मोटर साइकल दुर्घटनामा चितवनको इच्छाकामना ३ चुम्लिङमा मृत्यु भएको थियो । उनको नामबाट खोलिएको अन्जन स्मृति प्रतिष्ठानले गत वर्ष देखि स्मृति कपको आयोजाना गर्दै आएको छ ।