कुरिनटार : चितवनको इच्छाकामना ४ कुरिनटारमा खुल्ला नकआउट नाइन ए साईड फुटबल प्रतियोगिता सुरु भएको छ । के ब्वाईज क्लब कुरिनटारको आयोजनामा सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा आजदेखि ‘प्रथम कुरिनटार कप २०८१ ’(खुल्ला नकटाउन नाइनए साईड फुटबल प्रतियोगिता) सुरु भएको हो ।
उद्घाटन खेलमा के ब्वाईज क्लब कुरिनटारले एपीएफलाई २–० ले पराजित ग¥यो ।के ब्वाईज क्लबका लागि मनोज पुन र बन्धु सिलवालले एक– एक गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच बन्धु सिलवाल घोषित भए ।
यसैबिच आजै भएको दोश्रो खेलमा भने मोनस्टर फेमली आँबुखैरैनीले सुन्दर बजार लमजुङलाई ५–० ले पराजित ग¥यो । आँबुखैरेनीका जमिर मास्केले हट्याट्रिक गरे । मास्के खेलको म्यान अफ द म्याच घोषित भए ।

१६ गते सम्म चल्ने प्रतियोगिताको प्रमुख अतिथि वागमतीका प्रदेश वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले एक कार्यक्रमका बिच खेलको उद्घाटन गरेका हुन् ।
समुद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, पूर्वअध्यक्ष गीता कुमारी गुरुङ, विभिन्न राजनितिक दलका प्रतिनिधि, विभिन्न सुरक्षाका निकाय र संघसंस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेका थिए । उद्घाटन कार्यक्रम के व्वाइज क्लबका अध्यक्ष डुपेन्द्र गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतियोगिताका विजेताले रु १ लाख ११ हजार १०१ रुपैयाँ नगद पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्तगर्ने आयोजकले जनाएको छ । उपविजेताले भने रु ५५ हजार ५०१ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैबिच विभिन्न विद्याका उत्कृष्ट खेलाडीहरुलाई नगद पुरस्कार प्रदानगरिने आयोजकले जनाएको छ । सर्वोत्कृष्ट खेलाडीलाई रु ३ हजार नगदसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छ । यसैबिच उत्कृष्ट गोलकर्ता, मिड फिल्डर,डिफेन्डर, स्ट्राइकर र गोलरक्षकले रु २ हजार ५०० नगदसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था रहेको छ । प्रतियोगिताको मुख्या प्रायोजक इच्छाकामना गाउँपालिका र सहप्रायोजक इच्छाकामाना ४ लेवाटारका बाबुलाल राना मगर रहेका छन् ।


इच्छाखबर संवाददाता












