दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एक जनाको मृत्यु, दुई जना घाइते
चितवन : टिकौली जंगलमा दुई ट्रक र एक ट्यांकर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा २ जना घाइते भएका छन् । गएराति साढे ११ बजे टाँडीबाट नारायणगढतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००२ख १४३९ नम्बरको ट्रक र नारायणगढबाट टाँडीतर्फ आइरहेको ना ८ ख ८६७४ नम्बरको खाली ट्याङकर ठक्कर खाई सोही ट्यांकर पछाडि सोही दिशाबाट आइरहेको ना ६ ख ४६२४ नम्बरको ट्रक ठक्कर खाँदा ०३-००२ख १४३९ नम्बरको ट्रकका चालक मकवानपुरका वर्ष २६ का अनिश स्याङ्तान गम्भीर घाइते भएका थिए।
घाइते अवस्थामा भरतपुर अस्पताल ...








