कुरिनटार,२ कात्तिक : मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भारका लागि असोज २९गते देखि कार्तिक १ गते सम्म तीन दिन बन्द गरिएको केबलकार आज (शुक्रबार)देखि नियमित सञ्चालनमा आएको हो ।
उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको मुख्या लठ्ठा समेत छोट्याउने काम भएको प्रा.लि.ले जनाएको छ
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो । केबलकारको प्रवेशद्वार बटम स्टेशन भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा रहेको छ ।