खेलकुद

पदक पाउने चितवनका करातेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान

पदक पाउने चितवनका करातेका खेलाडी तथा प्रशिक्षकलाई सम्मान
चितवन :  केही दिन अघिमात्रै सम्पन्न प्रदेशस्तरीय कराते र जिल्ला स्तरीय कराते प्रतियोगितामा पदक प्राप्त गर्ने चितवनका खेलाडीसहित प्रशिक्षकलाई सम्मान गरिएको छ । आज भरतपुरमा नेपाल कराते संघ टेक्निकल समिति चितवनले जिल्लाबाट राष्ट्रिय तथा प्रदेश स्तरीय प्रतियोगितामा पदक पाउने खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । राष्ट्रिय प्रतियोगितामा दोस्रो हुने खेलाडी प्रजिस्मा श्रेष्ठलाई नगद रु तीन हजार, तेस्रो हुने पार्वती गुरुङलाई रु दुई हजार सहित प्रमाणपत्रद्वारा सम्मान गरिएका हो । त्यस...

दोस्रो एक दिवसीय अभ्यास खेलमा नेपाल क्यानडासँग ८३ रनले पराजित

दोस्रो एक दिवसीय अभ्यास खेलमा नेपाल  क्यानडासँग ८३ रनले पराजित
काठमाण्डौ ः दोस्रो एक दिवसीय अभ्यास खेलमा नेपाल घरेलु टोली क्यानडासँग ८३ रनले पराजित भएको छ । योसँगै दुई खेलको एक दिवसीय श्रृङ्खला क्यानडाले जितेको छ । पहिलो खेल वर्षाका कारण प्रभावित भएको थियो । जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर २ बलमा १ सय ५ रनमा अलआउट भयो । नेपालका देव खनालले सर्वाधिक २६ रन बनाए । ओपनर कुशल भुर्तेल १ रन र पवन सरार्फ १४ रनमा आउट भए । बसिर अहमद, विनोद भण्डारी र आदिल अन्सारीले समान १३ रन जोडे । सन्दीप लामिछाने ११ रनमा आउट भए । क्यानडा...

गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा गुरुङ निर्विरोध निर्वाचित

गोरखा जिल्ला भलिबल संघको  अध्यक्षमा  गुरुङ  निर्विरोध निर्वाचित
गोरखा : गोरखा जिल्ला भलिबल संघको अध्यक्षमा कृष्ण गुरुङ निर्वाचित हुनुभएको छ । आज गोरखामा सम्पन्न जिल्ला अधिवेशनले गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा कृष्ण दवाडी, महासचिवमा राजुबावु श्रेष्ठ र कोषाध्यक्षमा लक्ष्मण काप्रीलाई निर्विरोध निर्वाचित गरेको केन्द्रिय निर्वाचन समितिले जनाएको छ । यसै गरी कार्यसमिती सदस्यमा कृष्ण कुमार श्रेष्ठ, नर बहादुर गुरुङ, जुनी थापा, हरि बहादुर थापा, शर्मिला कुमाल, कोपिला अधिकारी, विकास भट्ट र सानुबावु आले रहे...

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितमा गैँडाकोट डोजाङ पहिलो

जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितमा गैँडाकोट डोजाङ पहिलो
भरतपुर :  चितवनको भरतपुरमा सम्पन्न २२औँ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा गैँडाकोट डोजाङ पहिलो भएको छ । सात स्वर्ण र एउटा कास्य पाउँदै डोजाङ पहिलो भएको हो । त्यस्तै माडी डोजाङ दोस्रो भएको छ । एक स्वर्ण र तीन कास्य पाउँदै डोजाङ दोस्रो भएको हो । त्यसैगरी एक स्वर्ण र दुई कास्य पाउँदै गौरीगञ्ज डोजाङ तेस्रो भएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने डोजाङ र खेलाडीहरुलार्ई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको राष्ट्रिय तेक्वान्दो संघ चितवनका अध्यक्ष विकास श्रेष्ठले ज...

प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता रामपुरमा सुरु

प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता रामपुरमा सुरु
चितवन : विद्यार्थी कल्याण निर्देशनालय, कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा ‘प्रथम उपकुलपति रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७८’ कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनमा सुरु भएको छ । प्रतियोगिताको बिहिबार उद्घाटन गर्दै विश्वविद्यालयका उपकुलपति प्रा।डा। पुण्यप्रसाद रेग्मीले प्रतियोगितालाई विश्वविद्यालयले नियमित वार्षिक कार्यक्रममा समावेश गर्ने बताए । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको लागि पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना भएको बताउँदै उनले आगामी दिनमा अन...

त्रिकोणात्मक सिरिज : आज नेपाल र मलेसिया भिड्दै

त्रिकोणात्मक सिरिज :  आज  नेपाल र मलेसिया भिड्दै
काठमाडौँ : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले आज बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दै छ । खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुने छ । शृंखलामा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी ९पिएनजी० लाई हराएको थियो । पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । नेपाल सन्दीप लामिछानेको कप्तानीमा रहने छ । प...

आज विश्वकप लिग २ मा नेपाल र पपुवा न्युगिनीबिच खेल हुदैँ सँग खेल्दै

आज विश्वकप लिग २ मा   नेपाल  र पपुवा न्युगिनीबिच खेल हुदैँ  सँग खेल्दै
काठमाडौं : मंगलबारदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल खेल्दै छ । नेपालले आज पपुवा न्युगिनीसँग खेल्न लागेको हो । खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ । यसअघि नेपालले श्रीलंकामा एक साताभन्दा बढी तयारी र अभ्यास खेलेको थियो । लिग टु अन्तर्गत नेपाल, यूएई र पपुवा न्युगिनी बीचको शृंखला ८ गतेसम्म हुनेछ ।

इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन

इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन
मुग्लिन : इच्छाकामना खेलकुद तथा सांस्कृतिक परिषद गठन गरिएको छ । रवि कुमार थापाको नेतृत्वमा ३३ सदस्यीय गाउँपालिका स्तरिय परिषद गठन गरिएको हो । मुग्लिनमा सम्पन्न भेलाले परिषदको वरिष्ठ उपाध्यक्षमा बाबु थापा मगर , उपाध्यक्षहरुमा रविन मियाँ र लक्ष्मी त्रिपाठी, सचिवमा सनम पन्त, सह–सचिवमा झलक गुरुङ र दिल बहादुर गुरुङ, कोषाध्यक्षमा आकाश शेरचन र सह–कोषाध्यक्षमा आस्था त्रिपाठी चयन भएका छन् । इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठको प्रमुख अतिथि र वडा नम्बर ५ का अध्यक्ष मोद...

नेपाल सुपर लिगको अक्सन सकियो। इच्छाकामनाका यदु सिलवाल बिराटनगर क्लबमा अनुबन्धित

नेपाल सुपर लिगको अक्सन सकियो। इच्छाकामनाका यदु सिलवाल बिराटनगर क्लबमा अनुबन्धित
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सकिएको छ । आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए । जसमा इच्छाकामनाका युवा खेलाडी यदु सिलवाललाई बिराटनगर फुटबल क्लबले १ लाख रुपैयामा अनुबन्ध गराएको छ। चैत २६ गते बाट सुरुहुने प्रतियोगितामा यदुले चर्चित खेलाडी मनिस डागी लगायत सङ एउटै टिमबाट प्रतिस्पर्धा गर्नेछ्न। एनएसएलको दोस्रो संस्करणको खेल चैत २६ देखि जेठ ७ गतेसम्म काठमाडौ र पोखरामा हु...

प्रदेशस्तरीय छनौट खेलकुद प्रतियोगिता : तेक्वान्दो तर्फ मुग्लिनकी सुप्रिका गुरुङ प्रथम

प्रदेशस्तरीय  छनौट खेलकुद प्रतियोगिता  :  तेक्वान्दो  तर्फ मुग्लिनकी सुप्रिका गुरुङ प्रथम
चितवन : बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगिताका लागि चितवनमा जारी जिल्लास्तरीय खेलाडी छनौट प्रतियोगितमा तेक्वान्दो तर्फ मुग्लिनका सुप्रिका गुरुङ प्रथम भएकी छिन् ।गुरुङ्गले आज भएको ७३ के.जी. महिला समुह तर्फ कालिका नगरपालिकाका मोनिका तामाङलाई हराउन सफल भएकी हुन् । उनले इच्छाकामना तेक्वान्दो डोजाङको तर्फबाट सहभागीता जनाएकी थिइन् । बागमति प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा इच्छाकामना गाउँपालिकाबाट ८ मध्ये ७ विधामा सहभागीताका लागि खेलाडी पठाएको थियो । जिल्लाबाट छनौट भएका खेलाडीले...