दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को लागि खेलाडी किनबेच (अक्सन) सकिएको छ ।

आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको अक्सनमा २ सय ४२ खेलाडी सहभागी भएका थिए । जसमा इच्छाकामनाका युवा खेलाडी यदु सिलवाललाई बिराटनगर फुटबल क्लबले १ लाख रुपैयामा अनुबन्ध गराएको छ। चैत २६ गते बाट सुरुहुने प्रतियोगितामा यदुले चर्चित खेलाडी मनिस डागी लगायत सङ एउटै टिमबाट प्रतिस्पर्धा गर्नेछ्न।

एनएसएलको दोस्रो संस्करणको खेल चैत २६ देखि जेठ ७ गतेसम्म काठमाडौ र पोखरामा हुनेछ । यो सिजनमा टिम संख्या ७ बाट बढाएर १० पुराइएको छ।