गोरखाको सहिद लखन गाउँपालिका ४ रिन्जेली बडहरेमा संचालन गरिएको  भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममा सेमिफाइनल पुग्ने टोलिको टुंगो लागेको छ ।                                                                                                       नेपालीहरुको महान् पर्व विजय दशमीको अवसरमा श्री लाङघाली श्रृजनशिल यूवा क्लब शहिद लखन ४ रिन्जेली बडहरे गोरखाको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता तथा बृहत् सांस्कृतिक कार्यक्रमका साथै सम्मान कार्यक्रम अन्तर्गत । सहभागी १४ टोलिबाट देउराली युवा क्लब, बक्राङ युवा क्लब बक्राङ, मट्टिखान युवा क्लब स्याङ्जा र भांगे युवा क्लब तनहुँ सेमिफाइनल प्रवेश गरेका हुन।
भलिबल प्रतियोगिताका विजेताले रु ४० हजार नगद सहिद कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै दोश्रो र तेश्रो हुनेले क्रमश  रु २५ हजार र १५ हजार नगदसहित कप मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।साथै विभिन्न विद्यागत उत्कृष्ट खेलाडीहरुलाई पनि नगद सहित सम्मान गरिने छ । सेमिफाइनलको खेल भने भोलि बिहान ८ बजे बाट हुने आयोजकले जानकारी दिएको छ।

सांस्कृतिक कार्यक्रम  असोज २३गते (आज) बेलुका ७ बजे बाट हुने छ । सांस्कृतिक कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रश्तुती रहने आयोजकले जनाएका छन ।
कृषि तथा पशु प्रदर्शन कार्यक्रम पनि आजै विहान १० बजे देखि गरिएको थियो।