इच्छाकामना :  कुरिनटारमा विजय दशमी कप २०७९ हुने भएको छ । त्रिवेणी युवा क्लब मुग्लिनको आयोजनामा असोज १५ देखि १७ गते सम्म ओपन सेभेन ए साइड नकआउन फुटबल टुर्नामेन्ट हुने भएको हो ।  “राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ
इच्छाकामना ४ स्थित सर्वशान्ति मावि खेलकुद मैदान कुरिनटारमा हुने प्रतियोगिताका विजेता टिमले रु ४० हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र तथा द्धितिय हुने टिमले नगद रु २० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक मनिष गुरुङले जानकारी दिनुभयो ।
साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई मेडल,ट्रफी र प्रमाणपत्र प्रदान गरिने संयोजक गुरुङले बताउनुभयो ।

No description available.