चितवनबाट राष्ट्रिय खेलकुदका लागि १५ खेलमा १९९ खेलाडी छनोट
आनन्द पोखरेल
चितवन, ८ पुष । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश स्तरीय खेलकुदमा सहभागी हुन चितवनबाट एक सय ९९ जना खेलाडी छनौट गरिएको छ ।
चितवनबाट छनौट भएका खेलाडीहरुमध्ये एक सय १९ जना पुरुष तथा ८० महिला खेलाडीहरु रहेका छन् । चितवनबाट फुटबल, एथलेटिक्स, मार्सल आर्ट सहित १५ वटा विधामा खेलाडी छनौट गरिएको हो आगामी माघ महिनामा प्रदेश नम्बर ५ मा हुने राष्ट्रिय खेलकुदमा सहभागी हुनका लागि जिल्लाबाट छनौट भएका खेलाडीहरु प्रदेशमा सहभागी हुने र विजेता खेलाडीले राष्ट्रिय खेलकु...