काठमाडौं , ३१ असार। रुसमा जारी विश्वकप फुटबलको फाइनल आज आइतवार हुँदैछ । विश्वकपमा पहिलो पटक उपाधि चुमेर इतिहास रच्ने लक्ष्य लिएको क्रोएसिया र दोस्रो पटक विश्वकप विजेता बन्न आतुर फ्रान्सबीच भिडन्त हुदैछ ।

क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको देश हो। भने तेस्रो पटक विश्वकपको फाइनलमा पुगेको फ्रान्सले २० वर्षअघि प्यारिसमा प्राप्त सफलता दोहोर्‍याउन चाहेको छ।नेपाली समय अनुसार आज बेलुका ८स् ४५ वजे खेल शुरु हुनेछ । शनिवार भएको प्रतियोगितामा इङ्ग्ल्याण्डलाई हराउँदै बेल्जियम विश्वकप फुटबलको तेस्रो स्थान चुम्न सफल भएको छ । बेल्जियमले इङ्ग्ल्याण्डलाई २–० गोल अन्तरले हराउदैं बेल्जियम विजयी भएको हो ।