अर्थ

नेपालको पहिलो केबलकार मनकामना केबलकार २५ औं वर्षमा प्रवेश

नेपालको पहिलो केबलकार   मनकामना केबलकार २५ औं वर्षमा प्रवेश
चितवन  : मनकामना दर्शन प्रालिले मनकामना केबलकार सञ्चालन गरेको २४ बर्ष पुरा भएको छ । संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठको नेतृत्वमा कम्पनीले २०५५ मंसिर ८ गतेबाट नेपालमै पहिलो पटक मनकामना केबुलकार सेवा संचालनमा ल्याएको हो। यसले अष्ट्रियाको डोपलमेयर कम्पनीको केबलकार प्रविधि प्रयोग गरेको छ।केबलकारले ३ किलोमिटरको दुरीलाई १० मिनेटमा आउजाउ गराउँदै आएको छ। कम्पनीले स्थापनादेखि २४ वर्षको अवधिमा १ करोड ७० लाख यात्रु एवम् भक्तजनलाई सेवा दिएको जनाएको छ। संस्थापक स्व। लक्ष्मणबाबुको म...

चितवनका व्यवसायीले बैंकको चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलन गर्ने

चितवनका व्यवसायीले बैंकको चर्को ब्याजदर विरुद्ध  चरणबद्ध आन्दोलन गर्ने
चितवन :  बैंकको चर्को ब्याजदर वृद्धिविरुद्ध चितवनका व्यवसायीले चरणबद्ध आन्दोलन गर्ने भएको छ । कोभिड १९ को माहमारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया–युक्रेन युद्धका कारण निजी क्षेत्र लगायत अर्थतन्त्रनै धरापमा परेको एवम् मुलुकको अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेको र निजी क्षेत्रले आफ्नो व्यवसायिक अवस्थालाई पुनःजागृत गर्नुपर्ने अवस्थामा पछिल्लो समय बैंक तथा वित्तिय संस्थाद्धारा गरिएको चर्को ब्याजदर बृद्धिले व्यवसायीलाई निकै आहत पुगेको भनि चितवनका व्यवसायीहर...

फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं  :  फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमकाअनुसार डिजेल र मट्टितेलको मूल्य बढेको छ । डिजेलको मूल्य १७२ रुपैयाँबाट बढेर १७८ पुगेको छ भने मट्टितेलको मूल्य पनि १७८ रुपैयाँ पुगेको छ । मट्टितेलको मूल्य पनि यसअघि प्रतिलिटर १७२ रुपैयाँ थियो । यो पटक पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँका दरले बढेको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । ...

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार

विदेशी ऋण खर्चै नगरी ब्याज तिर्दै सरकार
काठमाडौं :  सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष २०७७/८८ मा वैदेशिक स्रोतबाट सडक पूर्वाधारका लागि मात्र ३८ अर्ब ४१ करोड १७ लाख ऋण लिएको छ । सो वैदशिक ऋणमध्ये सरकारले १० अर्ब १० करोड ७२ लाखको मात्र खर्च गरेको छ । बाँकी करिब ७४ प्रतिशत अर्थात् २८ अर्ब ३१ करोडको भने प्रयोग नै नगरी ब्याज तिरेको पाइएको हो । महाले...

गोरखाको गण्डकी गाउँपालिकामा चालु आर्थिक बर्षमा ८१.१६ प्रतिशत बजेट खर्च

गोरखाको गण्डकी गाउँपालिकामा चालु आर्थिक बर्षमा ८१.१६ प्रतिशत बजेट खर्च
गोरखा २९, असार । गण्डकी गाउँपालिकाको चालु आर्थिक बर्षमा कुल ८१.१६ प्रतिशत  बजेट खर्च गर्न सफल भएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा चालु तर्फ ८८.६४ प्रतिसत र पुँजीगत तर्फ ७०.३३ प्रतिशत बजेट खर्च गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक बर्षका लागि कुल ६३ करोड ४६ लाख ४९ हजार रुपैयाको बजेट सार्वजनिक गरेको थियो ।

श्री जनकल्याण वचत तथा ऋण शहकारीले मनायो २७ औँ स्थापना दिवस

श्री जनकल्याण वचत तथा ऋण शहकारीले मनायो २७ औँ स्थापना दिवस
मलेखु :  धादिङकै पहिलो शेयर सदस्यहरु करिव ११हजार रहेको श्री जनकल्याण वचत तथा ऋण शहकारी संस्था रिचोक्टारले २७ औँ स्थापना दिवस मनाइएको छ । धादिङ रेडक्रसको समन्वयमा रक्तदान माहादान भन्ने नारासहित आज रक्तदान कार्यक्रम गरि बार्षिकोत्सव मनाइएको हो । मलेखुमा सम्पन्न कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिकाका स्थानीय सरकार प्रमुख कृष्ण वहादुर थपलिया ‘ विवेक’उप प्रमुख टाप वहादुर श्रेष्ठ तथा वडा अध्यक्षहरु वडा ३ का भुवन त्रिपाठी र गजुरी २ का द्रोण कडेल , सिद्दलेक गाउपालिका (४ का निवर्तमान...

इच्छाकामनाको बजेट संसोधनसहित पारित

इच्छाकामनाको बजेट संसोधनसहित पारित
कुरिनटार  :  चितवनको इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट संसोधनसहित पारित भएको छ । गत असार १० गतेको ११ औँ गाउँसभामा गाउँपालिका प्रवक्ता नर बहादुर नेपालले प्रश्तुत गर्नुभएको बजेट आज बसेको गाउँसभाको दोश्रो बैठकले पारित गरेको होे । केही संसोधनसहित पारित गरिएको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार केही योजनाको बजेटमा संसोधनसहित उक्त बजेट पारित गरिएको हो । इच्छाकामना गाउँपालिकाको आर्थिक बर्ष २०७९/८० को बजेट ६७ करोड ४४ लाख ३५ हजार ...

भरतपुर महानगर पालिका र रत्ननगर नगरपालिकामा अब कोहि पनि बेरोजगार हुनु पर्दैन : उप–प्रमुख अधिकारी

भरतपुर महानगर पालिका र रत्ननगर नगरपालिकामा अब कोहि पनि बेरोजगार हुनु पर्दैन  : उप–प्रमुख अधिकारी
चितवन ,२२ भरतपुर । भरतपुर महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले भरतपुर महानगर पालिका र रत्ननगर नगरपालिकामा अब कोहि पनि बेरोजगार हुनु नपर्ने बताउनु भएको छ । बेरोजगार भइयो भनेर अब चिन्ता गर्नु पर्दैन उप प्रमुख अधिकारीले भन्नू भयो, रोजगार मेलाले ढिलो चाडो सबैलाइ रोजगार बनाउनेमा बिश्वास समेत व्यक्त गर्नु भयो । भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (चितवन एक्सपो सेन्टर) मा आयोजित वृत्ति मार्गनिर्देशन तथा रोजगार मेला २०७९ को उद्घाटन गर्दै उप प्रमुख अधिकारीले यस्तो बताउनु भयो...

पेट्रोल र डिजेलको मूल्यवृद्धि

पेट्रोल र डिजेलको मूल्यवृद्धि
काठमाडौं  :  पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँले घट्यो 

पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँले घट्यो 
काठमाडौं  :   पेट्रोलियम पदार्थमा लिँदै आएको कर  सरकारले  कटौती गर्दै मूल्य घटाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताए। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेसमेत उनले जानकारी दिए। अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको मन्त्री बडूले बताए। यसअघ...