राइनस- गोर्खाको सहिद लखन गाउँपालिका ४ जुक्दी राइनसमा तेस्रो नवस्मृति कप पुरुष भलिबल प्रतियोगिताको  संचालन मिति सार्वजनिक गरिएको छ।                                                                                        बिगतका बर्षहरुमा जस्तै ५० हजार प्रथम पुरस्कार रहने गरि महाशिबरात्रीको अवसरमा प्रतियोगिता आयोजना गरिएको आयोजक नवस्मृती युवा परिवारका  लक्ष्मण काप्रीले  जानकारी दिएका छन। प्रतियोगितामा दोश्रो हुने टोलिले ३० हजार र तृतीय हुने टोलिले २० हजार साथमा तिनवटै उत्कृष्ट टोलिलाइ ट्रफी,मेडल र प्रमाणपत्र बितरण गरिने छ।बिधागत तर्फ समेत उत्कृष्ट खेलाडि,सर्भर,स्पाइकर,क्विकर,सेटर,डिफेन्सर साथै उदयमान खेलाडीले समेत १ हजार देखि २ हजार रुपैया सम्म नगद पुरस्कार प्राप्त गर्ने छन।                                                                                            आगामी फाल्गुन २५ गते सम्म रुपैयाँ ४१०० मा टिमदर्ता गर्न सकिने र उद्घाटन फाल्गुन २६ गते हुने प्रतियोगिताको अफिसियल मिडिया पार्टनर इच्छाखबर.com र इच्छाकामना एफ. एम. रहेका छन। प्रतियोगिताको महत्त्वपूर्ण खेलको प्रत्यक्ष प्रसारण इच्छाखबर.com को अन्लाईन च्यानल बाट हुनेछ।