कुरिनटार- इच्छाकामानका गाउँपालिका भित्रका  प्राविधिक शिक्षा तर्फ स्नातक तह देखि माथि अध्ययन गर्ने  ४ जना छात्र,छात्रा हरुलाई इच्छाकामना गाउपालिकाले नगद छात्रवृत्ति प्रदान गरेको छ।                                                                                   आज एक कार्यक्रमका बिच इच्छाकामना गाउँपालिका अध्यक्ष गिताकुमारी गुरुङ, उपाध्यक्ष कृतिकुमार श्रेष्ठ लगायतको सहभागितामा इच्छाकामना गाउँपालिका परिसरमा  प्रत्येक प्राविधिक शिक्षा तर्फका स्नातक तह देखि माथी अध्यन गर्ने  विद्यार्थीलाइ  नगद एक लाखको दरले छात्रवृत्ति प्रदान गरिएको हो ।