
कुरिनटार : गोरखाको मनकामनामा अवस्थित विश्वकै प्रसिद्ध धार्मिक स्थल मनकामना माता माइको मन्दिर सम्म जान सहजताका लागि सञ्चालनमा ल्याएको नेपालको पहिलो केबुलकार मनकामना केबुलकार झण्डै ९ महिना पछि पुनः सञ्चालनमा आउने भएको छ ।
कोरोना भाइरस९कोभिड–१९० का कारण गत चैत ८ गतेदेखि बन्द रहेको केबुलकार आजदेखि पुन स् सञ्चालनमा आउने भएको हो ।
स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै केबलकार सञ्चालन गरिने मनकामना दर्शन प्रा।लिका कार्यवाहक नायव महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिनुभयो ।
केबुलकारको दुवै स्टेशनमा यात्रुहरुको ज्वरो मापन गरिने छ, १०० डिग्री भन्दा माथि ज्वरो भएका र रुघाखोकी लक्षण देखिएका यात्रुहरुलाई प्रवेश दिईने छैन । केबुलकार प्रवेश गर्दा अनिवार्य रुपमा माक्स लगाउनु पर्ने छ र हात सेनिटाईज गर्नु पर्ने मनकामना दर्शन प्रालिले जनाएको छ ।
प्रा।लिका अनु्सार यात्रुले लाइनमा बस्दा अनिवार्य रुपमा भौतिक दुरी कायम गर्न लगाइएको चिन्ह अंकित घेरामा लामबद्ध भई बस्नु पर्नेछ । केबुलकार हाता भित्र प्रवेश गर्दा स्वचालित हेण्ड सेनिटाइजर वा साबुन पानीले हात धुनु पर्नेछ । स्टेशन हाता भित्र भिडभाड नगर्ने तथा पिकनिक र बनभोजलाई अस्थाई रुपमा बन्द गरिएको छ । केबुलकार सेवा क्षमताको ५० प्रतिशत ९प्रति घण्टा ३३० जना० यात्रुलाई सेवा दिइने र तत्पश्चात् स्वतः प्रवेश बन्द गरिने हुँदा यात्रुहरुले सोही अनुसार आफ्नो यात्रा तय गर्नु पर्नेछ । बली दिने प्रयोजनको लागि पशुपन्छी ढुवानी गर्ने सेवा अस्थाई रुपमा बन्द गरिएको छ । संक्रमणलाई ध्यानमा राख्दै कम्पनीले नगद रहित कारोबारको लागि ई–सेवा, फोन–पे आदि जस्ता सेवा प्रदायक कम्पनीसंग सम्झौता गरी सकेको हुँदा यात्रुले केबुलकारको टिकट डिजिटल माध्यमबाटै खरिद गर्न सक्ने छन् ।
त्यसैगरी,आफ्नो जनशक्तिलाई फेस सिल्ड, माक्स लगायतको स्वास्थ्य सुरक्षाको समेत प्रबन्ध गरेको छ । केबुलकार सेवा सामान्यतया बिहान ९ बजे देखि सांझ ५ बजे सम्म मात्र सञ्चालनमा आउने छ । साथै, केबुलकार र परिसरलाई दैनिक रुपमा डिसइन्फेक्सन समेत गरिने छ । त्यसैगरी, मनकामना केबुलकारले तल्लो स्टेशनमा सञ्चालन गरेको रेष्टुरेष्ट पनि आगामी पौष ३ गते शुक्रबार देखि सञ्चालनमा आउने जनाएको छ ।
मनकामना मन्दिर पनि आजैदेखि दर्शनार्थीका लागि खुला गरिएको छ ।