काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार थप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका १ हजार २ सय ७२ जनासहित देशभर कोरोना संक्रमण हुनेहरुको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ । यीमध्ये १५ हजार ४ सय ४७ जना अहिले सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ७५ जनाले कोरोना संक्रमणलाई जितेका छन् । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २१ हजार ८ सय ४७ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाको ज्यान गएको छ । मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा १६ जना मृतक थपिएसँगै कोरोना संक्रमित मृतको संख्या १ हजार ५ सय ६७ जना पुगेको छ ।