रबिकिरण रेग्मी
गोरखा , मंसीर १८

गण्डकी गाउँपालीका वडा नं ८ मा संचालित जिया बालुवा प्रशोधन केन्द्रले गण्डकी गाउँपालिका वडा नं ७ शितल डाँडामा अबस्थित श्री शिव अधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई न्यानो कपडा (स्विटर ) वितरण गरेको छ ।

विद्यालयमा आज कार्यक्रम आयोजना गरि विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अथितिकोरुपमा गाउँपालिका उपाध्यक्ष ललिता अधिकारी , विशेष अथितिको रुपमा वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मी , जिया बालुवा प्रशोधन केन्द्र्का संचालकहरु नारायण खड्का , प्रवीण पाण्डे , रामबहादुर खड्कि , संस्थाका ब्यबस्थापक , बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु , शिक्षक , भुपु विद्यार्थी र विद्यार्थीको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै श्री शिव आधारभूत विद्यालयका प्रधानध्यापकले सहयोग दर्ता संस्था प्रती धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा विद्यार्थीको लागि न्यानो कपडाको रुपमा १३० पिस स्विटर वितरण गरिएको थियो ।