रबिकिरण रेग्मी
गोरखा , मंसिर १८
गोरखाको गण्डकी गाउँपालिकाले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा राहत वितरण गरेको छ ।
२९ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गण्डकी गाउँपालिकाको महिला तथा बालबालिका शाखाले क बर्गका गण्डकी गाउँपालिका भित्रका २४ जना ब्यक्तिलाई घरघरमा पुगेर कमल वितरण गरेको छ ।
आज गण्डकी गाउँपालिका वडा नं ७ मा उक्त कार्यक्रम थियो । सो कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ललिता अधिकारी , वडा अध्यक्ष तुलसी रेग्मी फेज नेपालका गण्डकी गाउँपालिका संम्योजक अन्जन पोखर र महिला तथा बालबालिका शाखाका प्रमुख सुकमाया रानाको उपस्तिथि रहेको थियो ।
२९ औं अपाङ्गता दिवसको नारा कोभिड -१९ पश्चातको उत्कृष्ट पुनरागमन सुनिश्चित अपाङ्गता भएका ब्यक्तीको पहुँच र दिगो विकास लागि हामी सबै प्रतिबद्धता भन्ने मुलनाराका रहेको छ । प्रत्यक डिसेम्बर ३ तारिकका दिन अन्तराष्ट्रीय अपाङ्गता दिवस मनाइन्छ ।