तनहुँ  :  आँबुखैरेनी गाउँपालिकामा २ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले नियमित अपडेट मार्फत आँबुखैरेनी गाउँपालिकामा आज २ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेको हो।
गाउँपालिकामा थपिएका संक्रमितमा चितवन मेडिकल कलेज भरतपुरमा पिसिआर परिक्षण गरिएका वडा नं। ४ का ८० वर्षीय पुरुष र क्षयरोग उपचार केन्द्र पोखरामा पिसिआर परिक्षण गरिएका ६५ वर्षीया महिला रहेको जनाएको छ।