कुरिनटार :  चितवनको इच्छाकामना ४ कुरिनटारमा शुक्रबारदेखि फार्मेसी सञ्चालनमा आएको छ । ओपिडी सेवा सहितको इच्छाकामना फार्मेसी संचालनमा आएको हो ।
फार्मेसीको इच्छाकामना गाउँपालिकाका अध्यक्ष गीता कुमारी गुरुङ र संचालक समितिका अध्यक्ष माधव बहादुर घिमिरेले संयुक्तरुपमा उद्घाटन गर्नुभयो ।
एमविविएस डा. प्रितम पाण्डेद्वारा हरेक दिन विरामी जाँच गरिने इच्छाकामना फार्मेसीका संचालक समितिका सदस्य बिजय श्रेष्ठले जानकारी दिनुभयो ।


उहाँका अनुसार फार्मेसीले २४ सै घण्टा सेवा दिने छ । निकट भविस्यमा सम्पूर्ण रोगको विशेषज्ञ डाक्टर सहितको पोलिक्लिनिक संचालन गरिने उहाँले बताउनुभयो ।
पोलिक्लिनिक संचालनका लागि आवस्यक प्रकृया भइरहेको उहाँको भनाइ छ ।