चितवन : इच्छाकामना गाउँपालिकामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । आज चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा वडा नम्बर ४ का ३४ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्य १२ जना डिस्चार्ज भइसकेका छन् भने दुई जना आइसोलेसनमा रहेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसैबिच चितवनमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका ४७ सहित ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये चितवनका ४७,नवलपुरका १२, तनहुँका १ रुपन्देहीका १, मकवानपुरका ३ , तथा बरा र पर्साका १÷१ जना रहेको डा. नविन कुमार चौधरीले जानकारी दिए ।


इच्छाखबर संवाददाता












