चितवन, १८ असोज । चितवनमा १९ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पतालको (कोभिड–१९) प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगरपालिकाका ८, राप्तीनगरपालिकाका १, खैरहनीनगरपालिकाका २ र रत्ननगरनगरपालिकामा ८ जना नयाँ संक्रमित थपिएका हुन् ।
भरतपुर अस्पताल(कोभिड –१९) प्रयोगशालाकी प्रमुख डा. नितु अधिकारीका अनुसार संक्रमित मध्ये भरतपुर महानगरपालिका वडा नम्बर ४,१०,११,१५ खर १६ नम्बर वडाका ३ पुरुष ५ महिला , राप्ती वडा नम्बर ६ का पुरुष, खैरहनी नगरपालिकाका एक पुरक्ष र एक महिला र रत्ननगरका ५ पुरुष र ३ महिला रहेका छन् । संक्रमितहरु १५ देखि ५८ बर्ष उमेरका रहेका छन् ।
१६ र १८ गते १८१ वटा नमुना संकलन गरि परिक्षण गरिएकोमा १९ जनामा कोरोना पोजिटिभ भएको भरतपुर अस्पताल (कोभिड –१९ं) प्रयोगशालाकी प्रमुख डा. अधिकारीले बताइन् ।