कुरिनटार १० भदौ – चितवनमा ५ महिने बालक सहित २५ जनामा कोभिड १९ कोरोना संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आज गरिएको १५९ नमुना मध्य चितवनको २५ जना र तनहुको एक जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका वडा ७ र २२ का दुई जना , त्यस्तै गरि रत्ननगर नगरपालिका ४,९ र १२ का १२ पुरुष र दुई महिला र माडी नगरपालिका ६ र ७ का ५ महिने बालक सहित ९ जनामा कोरोना पोजिटिभ पुष्टि भएको हो। क्वारेन्टाइनमा रहेका तनहु देबघाटको ५१ बर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ। यो भदौ १० गते राती १० बजे सम्मको अप्डेट हो।