चितवन, १० भदौ । मंगलबार भरतपुर अस्पतालको आइसोलेसनबाट भागेको कोरोना संक्रमित नुवाकोटमा फेला परेको छ । आज बिहान १०ः ३० बजे नुवाकोटको बेलकोटगढि वडा न ५ स्थित नेपाल प्रहरीको चेकिङको क्रममा फेला परेको हो । उनलाई नुवाकोमै आइसोलेसनमा राख्नको लागि समन्वय भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो ।
प्रवक्ता थापाका अनुसार उनलाई साइकलमा जादैँ गरेको अवस्था फेला परेको हो ।
इच्छाखबर संवाददाता












