कुुरिनटार, ३२ साउन । चितवनको इच्छाकामना ४ कुरिनटारका ब्लड क्यान्सर पीडित १९ बर्षिय तिमोथी परियारको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । एक महिना अघिदेखि विरामी परेका उनको अहिले सिभिल हस्पिटल काठमाडौँमा उपचार भइरहेको छ । भरतपुर अस्पताल र क्यान्सर अस्पतालमा उपचारपछि डिस्चार्ज भइ घर आएका उनको यही साउन २८ गते अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि काठमाडौँ सिभिल अस्पताल पु–याइएको थियो ।
उपचारका लागि २० देखि २५ लाख सम्म लाग्ने डाक्टरहरुले बताएको उनका बुबा चन्द्र परियारले बताए । अहिले दैनिक खर्च पु–याउन मुश्किल परिरहेकोले २५ लाख आफुले जुटाउन नसक्ने उनले बताए ।
डाक्टरले उपचारका लागि २० देखि २५ लाख रुपैयाँ लाग्छ भनेको छ, सरसापट गरेको पैसा सकियो अहिले दैनिक खर्च जुटाउन मुश्किल परेको छ, म सुकुमबासी बेचविखन गर्न केही पनि छैन समस्यामा परेको छु –उनले भने ।
उनले आफ्नो कलिलो उमेरको छोरालाई बचाइदिन सबै सहयोगी मनहरुलाई आग्रह समेत गरे ।
यसैबिच आइतबार संघिय सांसद कृष्णभक्त पोखरेल र नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का वागमती प्रदेश सदस्य प्रकाश अधिकारीले विरामीको बुबालाई हस्पिटलमा पुगि आर्थिक सहयोग गरेका छन् । साथै कोरोनाको महामारीको जोखिमबाट बच्नका लागि आवस्यक माक्र्स, सेनीटाइजर र ग्लोब समेत सहयोग गरेका छन् ।
इच्छाकामनाका स्थानीय बासी समेत रहेका नेकपा प्रदेश सदस्य प्रकाश अधिकारीले परियारको आर्थिक अवस्था निकै कमजोर भएकाले सबैसंग उपचारका लागि आर्थिक सहयोग गरिदिन आग्रह गरे ।