
कुरिनटार, ३२ साउन । इच्छाकामना गाउँपालिकाका ३२ जनाको स्वाब नमुना संकलन गरिएको छ। कोभिड–१९ परिक्षणका लागि पिसिआर जाँच गर्न आज (आइतबार) उनीहरुको स्वाब संकलन गरिएको हो।
कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका, कोरोना जोखिम क्षेत्रबाट आएका,क्वारेन्टिनमा बसी क्वारेन्टिन अवधि पुरा गरेका,जोखिमयुक्त क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, तरकारी तथा खाद्यान्न पसल, , होटल, बैंक र पेट्रोल पम्पका कर्मचारीहरुको कोभिड–१९ परिक्षणका लागि पिसिआर जाँच गर्न स्वाब संकलन गरिएको गाउँपालिका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिनुभयो । उनिहरुको स्वाब भरतपुर कोभिड– १९ परिक्षण प्रयोगशाला भरतपुर पठाइएको देवकोटाले बताउनुभयो ।
इच्छाकामनामा आज सम्म एक जनामा मात्र कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
अहिले सम्म सबैलाई पिसिआर गर्न नसके पनि विभिन्न पेशा ,व्यवसायबाट नमूनाको रुपमा पठाइएको देवकाटाले बताउनुभयो । ३२ जनाको पिसिआर परिक्षणको नतिजा आएपछि नतिजाको अधारमा काम अगाडी बढाइने उहाँले बताउनुभयो ।