गोेरखा, २८ असार । गोरखाको गण्डकी गाउँपालिका कोरोना संक्रमण मुक्त भएको छ । गाउँपालिकात्रिका १५ जनामा विभिन्न मितिमा कोरोना संक्रमण पुष्टिभएकोमा सबै जना निको भएका हुन् । संक्रमित सबै निको भएर आइसोलेसनबाट घर फर्किसकेको
गाउँपालिकाकी स्वास्थ्य शाखा संयोजक बेली श्रेष्ठले जानकारी दिनुभयो ।
पालिकाको मकैसिङ प्राथमिक स्वासथ्य केन्द्रमा कोरोना संक्रमितको उपचारका लागि भेन्टिलेटरसहित १० बेड आइसोलेसन तयार गरिएको छ । सबै संक्रमित निको भएपछि हाल आइसोलेसनको सबै बेड खाली रहेका छन् । गण्डकी गाउँपालिकामा हाल ८५ बेड क्षमताको १६ ओटा क्वारेन्टिन रहेको छ । ती मध्य हाल ४ क्वारेनिटनमा ७ जना बसीरहेको स्वास्थ्य शाखा संयोजक श्रेष्ठले जानकारी दिनुभयो । हाल सम्म भारत लगायत अन्यत्रबाट फर्किएका ७० जना क्वारेन्टिनमा बसेका पालिकाले

जनाएको छ । ती मध्य ४८ जनाको कोरोना परिक्षण रिर्पोट नेगेटिभ आए पछि क्वारेन्टिनबाट नै घर फर्किएका छन् ।