
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणको लागि आज अस्पताल भर्ना हुँदैछन् । उनी आजै दिउँसो महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुन लागेको हुन् । उनको पर्सि (बुधबार) मिर्गौला प्रत्यारोपण गरिने छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए । प्रधानमन्त्री ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।