कुरिनटार : हेल्पकोड नेपालले चितवनको इच्छाकामनाका दुई विद्यालयका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ । चितवनको इच्छाकामना ५ मुग्लिनमा रहेको त्रिवेणी वराहा मावि मुग्लिन र वडा न ४ कुरिनटारमा रहेको सर्र्वशान्ती माविका छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो । दुई विद्यालयमा गरि ७२० प्याकेड सेनेटरी प्याड वितरण गरिएको हेल्पकोड नेपालका कार्यक्रम कोर्डिनेटर शिला देवकोटाले जानकारी दिनुभयो । साथै सर्वशान्ति मावि कुरिनटारलाई दुर्य वटा डस्विन पनि सहयोग हस्तान्तरण गरिएको छ ।
सो प्याड वितरण कार्यक्रममा बोल्दै वडा नम्बर तीनका अध्यक्ष गोवद्र्धन अधिकारी यस संस्थाले शिक्षा क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन आग्रह गर्नुभयो । विद्यालयका प्रधानाध्यापक जोहन खरेलले पनि हेल्पकोड नेपालको काम प्रशंसा योग्य भएको बताउनुभयो ।


सन् २०१६ देखि यस संस्थाले समुदाय तथा विद्यालयहरुमा विभिन्न खालका गुणस्तरीय शिक्षा सम्बन्धी कार्यक्रम संचालन गर्दै आएको छ । यो संस्थाले यस आर्थिक बर्षमा इच्छाकामनाका पाँच सय जना विद्यार्थीहरुलाई पोषाक सहयोग तथा स्टेशनरी समाग्री प्राथमिक उपचारका सामाग्रीहरु सहयोग गरिएको छ । साथै यस आर्थिक बर्षमा विभिन्न तालिम संचालन तथा सचेतनामुलक कार्यक्रमहरु पनि संचालन गरिरहेको उहाँको भनाईछ ।
यस संस्थाले इच्छाकामनाका विभिन्न विद्यालयहरुमा सौचालय मर्मत तथा खाने पानीका लागि काम सम्पन्न गरिसकेको जनाएको छ ।
कार्यक्रममा हेल्पकोड नेपालका विकास चेपाङ विद्यालयका शिक्षक विद्यार्थी विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेका थिए ।