काठमाडौं : नायिका श्वेता खड्काले स्वर्गीय अभिनेता तथा पति श्रीकृष्ण श्रेष्ठसँगको प्रेमलाई ‘जोक नसम्झिदिन आग्रह गरेकी छन्। श्रीकृष्णको ५ औं पुन्यतिथिको सन्दर्भ पारेर उनले आफूहरुबीचको प्रेमलाई ‘जोक’ नबनाउन अपिल गरेकी हुन्। केही समाचार अनलाइनहरुमा श्रीकृष्णलाई परिवारले नसम्झेको भन्दै समाचार आएका थिए। ती समाचार उनका लागि श्वेतासहितले केही शब्द पनि नलेखेको भन्दै आलोचना गरिएको थियो। ती समाचारबारे प्रतिक्रिया दिँदै श्वेताले कलमको फोहोरी खेल नखेल्न भनेकी हुन्। ‘कसैले पनि लमको फोहोरी खेल खेलेर मर श्रीबीचको प्रेमलाई ‘जोक’ नबनाइदिनु’, उनले भनेकी छन्। गते अनुसार साउन २५ गते अर्थात् आज श्रीकृष्णको स्मृति दिवस थियो। तिथिअनुसार साउन २९ गते अर्थात् जनैपुर्णिमाको अघिल्लो दिन श्रीकृष्णको स्मृति दिवस पर्छ। ‘मैले के गुमाए र के पाएँ त्यसको हिसाबकिताव गर्ने हो भने यो उमेरसम्म आइपुग्दा जति पाएको छु, त्यो भन्दा धेरै कुरा गुमाएको छु’, उनले भनेकी छन्, ‘सबैभन्दा सर्वश्रेष्ठ कुरा, मैले मेरो आत्मीय ब्यक्ति गुमाएको छु। जसको भर्पाई कुनै धन सम्पत्ति वा सफलताले गर्न सक्नेछैन।’ उनले श्रीलाई गुमाउनु प्रेमी, पती, मित्र र अभिवभावकको अभाव भनेकी छन् । ‘मलाई सिनेमाको जगतमा पाइला चाल्न सिकाउने उनैलाई मैले भौतिकरुपमा सदाका लागि गुमाएँ’, उनले भनिन्, ‘मेरो जिन्दगीको सबैभन्दा कालो त्यो दिनलाई सम्झन भन्दा पनि बिर्सन चाहन्छु। तर कुनैन कुनै माध्यमबाट त्यो कालो दिनलाई सम्झाइदिने अनि खाटो बस्न लागेको घाउमा नुनचुक छरीदिने प्रयासहरु भइनैरहन्छन।’ उनले आफूलाई आँसुको सागरमा डुबेरै बसोस् भन्नेको जमात रहेको पनि उल्लेख गरिन्। ‘श्वेता खड्काले हाँस्नु हुँदैन, श्वेता खड्का आँसुमा नै डुबेर बस्नु पर्छ भन्नेहरुको जमात पनि राम्रै देखेको छु’, उनले भनेकी छन्, ‘तर त्यो जमातलाई थाहा छैन, पीडा दबाएर हाँस्न कति कठिन छ भनेर।’