Banner News

पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देश...

‘शिक्षित युवाबाट नै देशले समृद्धि हासिल गर्छ’ : उम्मेद्वार उमेश श्रेष्ठ

‘शिक्षित युवाबाट नै  देशले समृद्धि हासिल गर्छ’    :  उम्मेद्वार उमेश श्रेष्ठ
चुम्लिङटार :  चितवन क्षेत्र नम्बर २ का लोकतान्त्रिक वाम गठबन्धनका उम्मेद्वार उमेश श्रेष्ठले शिक्षित युवाहरुले देशको समृद्धिको हासिल  गर्नसक्ने  बताएका छन । चुनावी अभियानका क्रममा आज ईच्छाकामना गाउंँपालिका स्थित चुम्लिङ्गटारमा युवा तथा विद्यार्थी भेटघाट कार्यक्रममा श्रेष्ठले शिक्षाबाट  वेरोजगारी अन्त्य गर्न सकिने बताए । आफू पनि यही शिक्षा क्षेत्रबाटनै स्थापित र  सफल भएकोले युवाहरु शिक्षित र उद्यमशिल  हुनुपर्नेमा उनले जोड दिए । ‘तपाईहरु शिक्षित हुनुस्, उद्यमशील ब...

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गर्ने दिन
काठमाडौँ :  आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनीका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् । असाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल ...

पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो सुदुर पश्चिम लगायत बाँकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मह...

चितवनका व्यवसायीले बैंकको चर्को ब्याजदर विरुद्ध चरणबद्ध आन्दोलन गर्ने

चितवनका व्यवसायीले बैंकको चर्को ब्याजदर विरुद्ध  चरणबद्ध आन्दोलन गर्ने
चितवन :  बैंकको चर्को ब्याजदर वृद्धिविरुद्ध चितवनका व्यवसायीले चरणबद्ध आन्दोलन गर्ने भएको छ । कोभिड १९ को माहमारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया–युक्रेन युद्धका कारण निजी क्षेत्र लगायत अर्थतन्त्रनै धरापमा परेको एवम् मुलुकको अर्थतन्त्रमा चौतर्फी दबाब परिरहेको र निजी क्षेत्रले आफ्नो व्यवसायिक अवस्थालाई पुनःजागृत गर्नुपर्ने अवस्थामा पछिल्लो समय बैंक तथा वित्तिय संस्थाद्धारा गरिएको चर्को ब्याजदर बृद्धिले व्यवसायीलाई निकै आहत पुगेको भनि चितवनका व्यवसायीहर...

घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ

घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ
भरतपुर :घरटहराको क्षतिपूर्ति नदिँदा नारायणगढ-मुग्लिन सडकखण्डका पुल निर्माणमा ढिलाइ भएको छ। सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौवटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो। पुल छेउका घरटहरा भत्काउन नपाउँदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन्। नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार पुलसँग जोडिएका २६ घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउनुपर्नेछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण समितिले नापजाँच र मू...

गठबन्धनका उम्मेद्वार घनश्याम दाहालद्वारा घरदैलो अभियान सुरु

गठबन्धनका   उम्मेद्वार घनश्याम दाहालद्वारा घरदैलो अभियान सुरु
चितवन :  लोकतान्त्रिक गठबन्धनबाट चितवन क्षेत्र नम्बर २ ‘क’ का प्रदेश सभा सदस्य उम्मेद्वार घनश्याम दाहाल ‘अविनास’ले घरदैलो कार्यक्रम सुरु गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ बाट उनले आजदेखि घरदैलो कार्यक्रम सुरु गरेका हुन् । दाहाल सहित प्रदेश सभा सदस्यको समानुपातिक तर्फको उम्मेद्वार इश्वर सापकोटा सुमन पनि सगैँ घरदैलो अभियानमा छन् ।    

आजदेखि प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि चुनावी प्रचारप्रसार गर्न पाइने

आजदेखि प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि चुनावी प्रचारप्रसार गर्न पाइने
काठमाडौं :  आज ( बिहीबार) देखि मंसिर ४ गते हुने प्रतिनिधिसभा प्रदेश सभाको निर्वाचनका लागि प्रचारप्रसार गर्न पाइने भएको छ । निर्वाचनका लागि १७ दिन बाँकी रहँदा निर्वाचन आयोगले बिहीबारदेखि मंसिर १ गतेसम्म प्रचारप्रसार गर्न सकिने जनाएको हो। निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ ले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संघ–संगठनलगायतले प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ। दफा १३ को ९म० मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हु...

आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना

आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ  :  मौसम पुर्वानुमान माहाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कांग्रेसभित्रको पुनः असन्तुष्टि उजागर ,विकास कोइरालाको चियापानमा उल्लेख्य सहभागिता

कांग्रेसभित्रको पुनः असन्तुष्टि उजागर ,विकास कोइरालाको  चियापानमा उल्लेख्य सहभागिता
कारबाहीमा परेका चितवन कांग्रेसका पूर्वसभापति विकास कोइरालाले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सक्रियता बढाएका छन् । लामो समयदेखि निष्क्रिय रहेका कोइरालाले बुधबार नारायणगढस्थित उद्योग वाणिज्य संघको हलमा एक कार्यक्रम गरी आफ्नो सक्रियता देखाएका हुन् । कांग्रेस चितवनका पूर्वसभापतिको हैसियतमा उनले हालै सम्पन्न भएका दसैँ, तिहार, छठ, नेपाल संवतलगायतका चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेका थिए । उनको सो कार्यक्रमले चितवन कांग्रेसभित...