Banner News

चितवनमा धान उत्पादनमा वृद्धि

चितवनमा धान उत्पादनमा वृद्धि
चितवन । जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो । उनका अनुसार गत आवमा प्रतिहेक्टर ३.७ मेट्रिक टन धान उत्पादन ...

पर्यटकलाई आकर्षित गराउँदै तनहुँ दगामका ‘होमस्टे’

पर्यटकलाई आकर्षित गराउँदै तनहुँ दगामका ‘होमस्टे’
तनहुँ - उत्तरपट्टि लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रे लगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ । दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं २ दगाम गाउँको परिचय हो । प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ । सरल, निश्चल र सह...

साना किसान कृषि सहकारी संस्था लि.दारेचोकको १६ औँ साधारण सभा सम्पन्न

साना किसान कृषि सहकारी संस्था लि.दारेचोकको १६ औँ साधारण सभा सम्पन्न
कुरिनटार : साना किसान कृषि सहकारी संस्था लिमिटेड दारेचोकको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्य तथा सहकारीका उपाध्यक्ष बलराम त्रिपाठीको सभापतित्त्वमा चितवनको इच्छाकामना ४ कुरिनटार स्थित सर्वशान्ति माध्यमिक विद्यालयमा साधारण सभा सम्पन्न भएको हो । सहकारीका प्रबन्धक रामजी नेपालका अनुसार आ.व २०७८/७९ मा सहकारीले रु. ४२ लाख ९८ हजार खुद नाफा आर्जन गरेको छ । हाल सम्म सहकारीको शेयर पुँजी रु १ करोड २० लाख रहेको छ । निक्षेप रु ८...

बुट्टार-चुम्लिङटार पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई कार्वाहीको तयारी।

बुट्टार-चुम्लिङटार पुल अलपत्र पार्ने पप्पु कन्स्ट्रक्सनलाई कार्वाहीको तयारी।
कुरिनटार- गोर्खाको गण्डकी गाउँपालिकास्थित बुट्टार र  चितवनको इच्छाकामना चुलिङटार जोड्ने पुल अलपत्र पार्ने पप्पु कन्सट्रक्नसलाई आयोजनाले ७ दिने स्पष्टीकरण सोधेको छ । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय ‘११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजना’ले पुल निर्माणको कामलाई अलपत्र पार्ने कम्पनीलाई स्पष्टीकरण सोधेको हो । आयोजना र कम्पनीबीच भएको सम्झौताअनुसार त्रिशुली नदीमाथि बन्ने पुल निर्माणको समयसीमा सकिइसकेको छ । यसपछि, आयोजनाले यसअघि पप्पु कन्स्ट्रक्सनलाई समयमै काम...

चितवनमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो

चितवनमा समानुपातिकतर्फ राष्ट्रिय  स्वतन्त्र पार्टी पहिलो
चितवन ः प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चितवनका तीन प्रतिनिधि सभा क्षेत्रमध्ये दुई क्षेत्रमा राष्ट्रिय  स्वतन्त्र पार्टी र एक क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले विजय हात पार्‍यो । प्रत्यक्षमा साना दलसँग निरिह देखिएका ठूला दल समानुपातिकतर्फ पनि कमजोर देखिएका छन् । जिल्लामा समानुपातिक मत सबैभन्दा धेरै स्वतन्त्र पार्टीले पाएको छ । एमाले दोस्रो स्थानमा छ भने कांग्रेस तेस्रो स्थानमा रहेको छ । जिल्लामा कुल खसेको समानुपातिक मतको ३६ प्रतिशत मत पाएर स्वतन्त्र पार्टी प...

समानुपातिकमा एमालेको अग्रता कायमै, कुन दलले कति पाए ?

समानुपातिकमा एमालेको अग्रता कायमै, कुन दलले कति पाए ?
काठमाडौँ :  समानुपातिक तर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले २३ लाख मत प्राप्त गरेको छ । पछिल्लो विवरण अनुसार एमाले २३ लाख ८९६ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । त्यसैगरी दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २२ लाख १ हजार ७९४ मत पाएको छ भने माओवादी केन्द्र ९ लाख ६५ हजार ३४५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख २१ हजार ७६० मत प्राप्त गर्दै माओवादीलाई पछ्याइरहेको छ । पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ...

रवि लामिछानेले सुरुगरेकाम,धर्मचोक सडकका ठेकेदारलाई सडकमै बोलाएर गराए प्रतिबद्धता ।

रवि लामिछानेले सुरुगरेकाम,धर्मचोक सडकका ठेकेदारलाई सडकमै बोलाएर गराए प्रतिबद्धता ।
भरतपुर - महानगरपालिकाको शहिदचोक–धर्मचोक–कचपचे सडक खण्ड अन्तरगतको धर्मचोक क्षेत्रमा अझै कालोपत्रे हुन सकेको छैन । सडक निर्माण थालिएको वर्षौबितिसक्दा पनि विभिन्न बहानामा सो क्षेत्रमा कालोपत्रे हुन सकिरहेको छैन । जसका कारण वर्खायाममा सडक हिलाम्मे हुने र हिउँदमा धुलो उडेर स्थानीयहरुले हैरानी खेप्दै आइरहेका छन् । तत्काल सडक बनाउन स्थानीयले पटक–पटक आवाज उठाएपनि सुनुवाई नभएपछि स्थानीय आजित थिए । त्यसैले त्यस क्षेत्रका स्थानीयहरु यसपटक पुराना राजनीतिक दलका प्रतिनिधिहरु...

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार

रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार
चितवन :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ ।चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले सामाजिक सञ्जाल फेसबुक मार्फत चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको सार्वजनिक गर्नुभएको हो । उहाँले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताउनुभएको छ । साथै लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्न...

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी

चितवन ३ मा राप्रपाका विक्रम पाण्डे विजयी
चितवन :  प्रतिनिधि सभा निर्वाचन अन्तरगत चितवन क्षेत्र नं. ३ मा रा.प्र.पा.का बिक्रम पाण्डे बिजयी हुनुभएको छ । रा.प्र.पा.का केन्द्रीय उपाध्यक्ष समेत रहनुभएका पाण्डेले लोकतान्त्रिक बाम गठबन्धन अन्तरगत नेकपा (माओवादी केन्द्र)का उम्मेदवार डा. भोजराज अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका जीता बराल र नेकपा एमालेको समर्थन पाउनुभएका नेपाली काँग्रेसका बागी (स्वतन्त्र) उम्मेदवार दिनेश कोइराला लगायतलाई पराजित गर्नुभएको हो । पाण्डेले ३५०५५ मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्दीका र...

चितवन ३ (२ ) मा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित

चितवन ३ (२ ) मा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित
मंसिर ९ , चितवन ।प्रदेश सभा चितवन क्षेत्र न.३ (२ ) मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका ठाकुर प्रसाद ढकाल निर्वाचित भएका छन् ।ढकालले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा उम्मेदवार रिना गुरुङ र नेकपा (एमाले)का उम्मेदवार सरस्वती बिष्ट लगायतका प्रत्यासीहरुलाई पराजित गर्नुभएको हो ।