
कुरिनटार : साना किसान कृषि सहकारी संस्था लिमिटेड दारेचोकको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्य तथा सहकारीका उपाध्यक्ष बलराम त्रिपाठीको सभापतित्त्वमा चितवनको इच्छाकामना ४ कुरिनटार स्थित सर्वशान्ति माध्यमिक विद्यालयमा साधारण सभा सम्पन्न भएको हो ।
सहकारीका प्रबन्धक रामजी नेपालका अनुसार आ.व २०७८/७९ मा सहकारीले रु. ४२ लाख ९८ हजार खुद नाफा आर्जन गरेको छ ।
हाल सम्म सहकारीको शेयर पुँजी रु १ करोड २० लाख रहेको छ । निक्षेप रु ८ करोड ३७ लाख रहेको छ । ५ करोड ३५ लाख ऋण तिर्न बाँकी रहेको प्रबन्धक नेपालले बताउनुभयो । संस्थाको जगेडा कोष भने रु. १ करोड ७९ लाख रहेको उहाँले बताउनुभयो । संस्थाको लगानी भने १४ करोड ६५ लाख रहेको छ । हाल सम्म सहकारीमा एक हजार ६ जना शेयर सदस्य रहेको छ ।
साधारणसभामा सहकारीका उपाध्यक्ष बलराम त्रिपाठीले आ.व २०७८/७९ को बार्षिक प्रतिवेदन प्रश्तुत गर्नुभएको थियो ।
गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको प्रमुख आतिथ्य, वडा नम्बर ३ का वडाध्यक्ष तथा कृषि सहकारी संघ चितवनका अध्यक्ष नर बहादुर नेपालको विशिष्ट आतिथ्यता तथा सहकारीका उपाध्यक्ष बलराम त्रिपाठीको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा सहकारीका उत्कृष्ट शेयर सदस्य, समूह र अन्तर समुहलाई सम्मान गरेका थिए । कार्यक्रम सहकारीका सहायक प्रबन्धक कल्पना अधिकारीले सञ्चालन गर्नुभएको थियो ।