Banner News

समानुपातिक निर्वाचन प्रणालीमा कुन दलले पाए कति सिट ?

समानुपातिक निर्वाचन प्रणालीमा कुन दलले पाए कति सिट ?
काठमाडौँ :  निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ । समानुपातिक निर्वाचन प्रणालीमा सात राजनीतिक दलले मात्र ‘थ्रेस होल्ड’ अर्थात् खसेको कुल सदर मतको न्यूनतम तीन प्रतिशत कटाएका छन् । प्रतिनिधिसभामा सात राजनीतिक दलले ९२ लाख ७१ हजार सात सय १२ मत प्राप्त गरेका छन् । यजसअनुसार नेकपा (एमाले) ले कुल सदर मतको ३० दशमलव ६९ प्रतिशत मत प्राप्त गरी ३४ सिट प्राप्त गरेको छ भने नेपाली कांग्...

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : शहिद लखन गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न

लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान :  शहिद  लखन गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
गोरखा : शहिद लखन गाँउपालिकामा लैङ्गिक हिंसा विरुद्ध   १६ दिने अभियान अन्तरगत आज कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाको आयोजनामा जिल्ला समन्वय समितिकी उपप्रमुख लिला परियारको प्रमुख आतिथ्यतामा बुङकोटमा कार्यक्रम गरिएको हो । कानुनी सचेतना सँगै लैङ्गिक हिंसा विरुद अन्तरक्रिया कार्यक्रम पनि गरिएका गाँउपालिकाकी उपाध्यक्ष इन्दिरा तिवरीले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा गाँउटोलमा लुकेर बसेको हिंसा उजागर गर्ने, हिंसाबाट उन्मुक्ति दिलाउनेबारे छलफल गरिएको उहा...

आजको मौसम पूर्वानुमान

आजको मौसम पूर्वानुमान
काठमाडौं  :  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम सामान्यतः सफा रहेको छ । दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी रहनेछ । राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू– भागमा मौसम सामान्यतः सफा रहनेछ। तराई भू–भागमा कुहिरो लाग्ने तथा देशका अधिकांश भू– भागमा तापक्रम क्रमिक ...

आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने

आज पूर्णिमा व्रत, चन्द्रमाले पूर्ण आकार लिने
काठमाडौँ  :  आज पूर्णिमा व्रत रहेको छ । मंसिर महिनाको तिथिले भोलि बिहीबार परे पनि पूर्णिमाको व्रत बस्नेले बुधबार नै बस्नुपर्नेछ । यस दिन विशेष गरी भगवान शिव र विष्णुको पूजा अर्चना गरिन्छ । सर्वाधिक चम्किलो र तेजिलो देखिने चद्रमाले यस दिन आफ्नो पूर्ण आकार ग्रहण गरेको हुन्छ । बुधबारको दिन व्रत बस्नाले चन्द्रमाको कृपा प्राप्त हुने, स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने जनविश्वास रहिआएको छ। आजको दिन भगवान विष्णुलाइ गरिने पूजाअर्चनालाई सत्यनारायणको स्वरुप पनि मानिन्छ । पू...

सरकारले मदिरा, मोबाइल र गाडीमा लगाएको प्रतिबन्ध हटायो

सरकारले मदिरा, मोबाइल र गाडीमा लगाएको प्रतिबन्ध हटायो
काठमाडौं  :  विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल, मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आयातमा लाग्दै आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको संयोजकत्वमा गठित समितिले आयातमा बन्देज खुलाउन सिफारिस गरेको थियो। त्यसैको आधारमा मन्त्रिपरिषद्को बैठकले आयात खुला गर्ने ...

मुग्लिन नजिकै पुलबाट टिफर खस्दा बेनिघाट रोराङका सन्त बहादुर राइको मृत्यु

मुग्लिन नजिकै पुलबाट टिफर खस्दा बेनिघाट रोराङका सन्त बहादुर राइको मृत्यु
चितवन :  नारायणगढ– मुग्लिन सडकखण्डमा टिफर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ६ :  ४५ बजे मुग्लिनबाट नारायणगढतर्फ जादैँ गरेको बा२ख ७४६२ नं. को टिफर इच्छाकामना ५स्थित तीन नम्बर पुलबाट आफैँ अनियन्त्रित भई सडकदेखि २० मिटर तल तुईन खोलामा खस्दा चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका १० बस्ने बर्ष ४२ को सन्त बहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।

चितवन सहायता कोष बेल्जियमद्वारा इच्छाकामनाका चेपाङ विद्यार्थीलाई न्यानो कपडा बितरण

चितवन सहायता कोष बेल्जियमद्वारा इच्छाकामनाका चेपाङ विद्यार्थीलाई न्यानो कपडा बितरण
इच्छाकामना :  चितवन सहायता कोष बेल्जियमले इच्छाकामनाका ११७ जना विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेका छन् । चितवन सहायता कोष बेल्जियमको सस्थापक अध्यक्ष सीता सापकोटाको प्रमुख आतिथ्यमा एक कार्यक्रमकाबिच चितवनको इच्छाकामना १ स्थित श्री जिवन ज्योति राष्ट्रिय आधारभुत विद्यालय मेतराङका ११७ जना चेपाङ विद्यार्थीहरुलाई न्यानो कपडा स्वीटर बितरण गरिएको हो । नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङ,क्याट बेल्जियमका सचिव सागर अधिकारी,साहित्यकार गी...

इच्छाकामना ७ को नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष गुरुङद्धारा उद्घाटन

इच्छाकामना ७ को  नवनिर्मित भवनको  गाउँपालिका अध्यक्ष गुरुङद्धारा  उद्घाटन
अमृता गुरुङ सिमलढाप  : इच्छाकामना गाउँपालिकाको वडा नं.७ ले आफ्नै भवनबाट सेवा थालेको छ । सोमबार गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, उपाध्यक्ष माया सिलवाल, गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष नर बहादुर नेपाल,प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाललगायतको उपस्थितिमा वडा कार्यालयको प्रशासनिक भवनको शुभारम्भ गरेपछि वडाको सेवा सोही भवनबाट प्रदान गर्न सुरू भएको वडाअध्यक्ष बमबहादुर मगरले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिको ३० लाख र पालिकाको ३१ लाख र...

स्वरसम्राट नारायणगोपाल ३२‍‌औँ स्मृति दिवस आज

स्वरसम्राट नारायणगोपाल ३२‍‌औँ स्मृति दिवस आज
काठमाडौं : स्वरसम्राट नारायणगोपालको ३२औँ स्मृति दिवस। नेपाली संगीतका महान् गायकका रूपमा उनी चिनिन्छन्। काठमाडौं किलागलमा विक्रम संवत् १९९६ असोज १८ गते उनको जन्म भएको थियो। शास्त्रीय संगीत साधक पिता आशागोपाल गुरुवाचार्यको छत्रछायामा रहेर उनी संगीततर्फ आकर्षित भएका थिए। तर शास्त्रीय संगीत छाडेर आधुनिक गीततर्फ लागेपछि आशागोपाल उनीसँग रुष्ट भए। तर बुबाकै इच्छा पूरा गर्न नारायणगोपालले पछि भारतको बरोडा गएर शास्त्रीय संगीत सिके। २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न ...

विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा इच्छाकामनाको पामडाँडा

विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा इच्छाकामनाको पामडाँडा
चितवन :  पर्यटनका लागि प्रचुर सम्भावना बोकेको चितवनको पामडाँडा विकास र प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । इच्छाकामना गाउँपालिका–५ मा पर्ने सो क्षेत्रमा गुरुङ समुदायको पुरानो बसोबास रहेको क्षेत्र हो । यहाँबाट अन्नपूर्ण, माछापुच्छ्रे, गणेश लगायतका हिमश्रृङखलाको सुन्दर दृश्य देख्न पाइन्छ । मुग्लिन बजारबाट तामिन हुँदै आठ किलोमिटरको यात्रापछि सो स्थानमा पुग्न सकिन्छ । मुग्लिनबाट त्यहाँ पुग्न बोलेरो जिप दैनिक सञ्चालनमा हुन्छन् भने मोटरसाइकलमार्फत पनि त्यहाँ पुग्न सकिन्छ । ...