Banner News

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको आज पाँचौँ दिन, स्कन्दमाताको पूजा आराधना गरिँदै
काठमाडौँ  :  नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा आज नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन बिह...

पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ  :   हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने कोशी प्र...

कथा -“शिष्टता”

कथा -“शिष्टता”
दुर्गा घिमिरे "प्रेम के हो" "सुन्दरतालाई हजुरले कसरी परिभाषित गर्नुहुन्छ सर?" जीवन भोगाइको शिलशिलामा आउने याबत उनको प्रश्नले म उकुसमुकुसको अवस्थमा पुगेको थिए ।उनि भित्र एक प्रकारको कामुकता थियो त्यसैले उनको अगाडि पर्ने जो कोहि प्रेमरुपी जालमा सजिलोसँग पग्लिन सक्थ्यो । जीवन भोगाइको शिलशिलामा आउने जो संग प्रेम र चेतना र यथार्थका पलहरु म खोतल्न म असमर्थ थिए । सयौं पटक "बिजय म तिमीलाई प्रेम गर्छु " भने पनि म ढुङ्गा झै अडिग हुन चाहन्थे । मैले यथार्थमा यि सबै परिघट्नालाई सामन...

सुध्रिएन इच्छाकामनाको एभरेष्ट होटल, वडा नम्बर ४ को होटललाई फर्जी प्रमाणपत्र

सुध्रिएन इच्छाकामनाको एभरेष्ट होटल, वडा नम्बर ४ को होटललाई फर्जी प्रमाणपत्र
सुमन सुवेदी भरतपुर  :  चितवनको इच्छाकमना गाउँपालिका ३ चुम्लिङटारमा रहेको एभरेष्ट होटल एण्ड क्याफेले लापर्बाही दोहोर्‍याएको छ । यसअघि पनि ग्राहकलाई दुर्गन्धित खाना खुवाएर कारबाहीमा परेको यस होटलमा मंगलबार जिल्ला प्रशासन कार्यालय चितवनको नेतृत्वमा अनुगमन गरिएको थियो । पृथ्वी राजमार्गको छेउमै रहेको यस होटलले लापर्बाहीलाई निरन्तरता दिएको भेटिएको हो । दोस्रोपटकको अनुगमनमा पनि होटलको किचन सन्तोषजनक नभेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ...

म्याद गुज्रिएका सामान बेच्ने मुग्लिनका तीन वटा व्यवसायीलाई एक लाख ३० हजार जरिवाना

म्याद गुज्रिएका सामान बेच्ने मुग्लिनका तीन वटा व्यवसायीलाई एक लाख ३० हजार जरिवाना
सुमन सुवेदी भरतपुर : चितवनको इच्छाकामना ५ मुग्लिनका व्यवसायीहरुले म्याद गुज्रिएको समाग्रीहरु बिक्रि वितरण गरेको पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मुग्लिनका तीन व्यवसायीलाई एक लाख ३० हजार रूपैयाँ जरिवाना तिराएको छ । मंगलबार विभागले पनि मुग्लिन बजारमा अनुगमन गरेको थियो । डिबिएम ट्रेडर्सलाई एक लाख, दाल भात पावरलाई २० हजार र रिजाल जनरल स्टोर्सलाई १० हजार रूपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । म्याद गुज्रिएको सामान बिक्री गरेको र सरसफाइ कायम नगरेकाले ...

आज विश्वासको मत लिदैँ कोशीका मुख्यमन्त्री कार्की

आज विश्वासको मत लिदैँ कोशीका मुख्यमन्त्री कार्की
विराटनगर :  संविधानको धारा १६८ को उपधारा ५ अनुसार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । अहिलेसम्मको राजनीतिक परिस्थिति र दलहरूको प्रतिक्रियाको आधारमा मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने प्रस्ट देखिन्छ । उनलाई नेकपा एमालेसँगै माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतले पनि विश्वासको मत दिने बताइसकेका छन् । कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ सांसद र कांग्रेसका विद्रोही ८ सांसदले समर्थन गरेका थिए । संविधानको धारा १६८ क...

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौँ  ः  नवरात्रको चौँथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारम...

आज पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज पहाडी क्षेत्रमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ :  हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमप...

कथा- घरको माया

कथा- घरको माया
"दाई आमा असाध्यै विरामी हुनुहुन्छ तपाई जसरी पनि घर आउनु होला" रमालेधेरै पटक फोन गरिन तर उनकोले दाईले कुनै टेर लगाएनन । धेरै प्रयास गर्दा पनि कुनै सम्पर्क हुन सकेन अनि केही समय पछी त मोबाइल पनि अफ हुन थाल्यो ।छोराको बाटो हेर्दा हेदै बुढी आमाले प्राण त्याग गरिन। वुढा बाले पनि बुढीको मृत्यू वियोगामा धेरै दिन टिक्न सकेनन ।बुढा बा भन्दै थिए " नानी त्यो पापीलाई फोन नगर, छोरा हुके पछी के के न होला जस्तो लागेको थियो, बुढेसकालमा पाल्छ भनेका थियौ सबै बर्बाद भो " मर्ने बेलामा पनि बुढाबा...

नेपालमा २ महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो

नेपालमा २ महिनामा २ खर्ब २८ अर्ब रेमिट्यान्स भित्रियो
काठमाडौँ :  नेपालले  चालु आर्थिक वर्ष ०८०र८१ को पहिलो २ महिनामा  करिब साढे २ खर्ब रेमिट्यान्स भित्र्याएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव १ प्रतिशतले बढेर २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव ८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव ७ प्रतिशतले वृद्धि भ...