Banner News

एमालेमा प्रवेश गरेका इच्छाकामनाका ८ जना कार्यकर्ता माओवादी केन्द्रमै फर्किए

एमालेमा  प्रवेश  गरेका  इच्छाकामनाका ८ जना  कार्यकर्ता माओवादी केन्द्रमै फर्किए
कुरिनटार : नेकपा एमालेमा प्रवेश गरेको भनिएका नेकपा माओवादी केन्द्रका ८ जना कार्यकर्ताहरु माओवादी केन्द्रमै फर्किएका छन् । चितवनको इच्छाकामना ४ नयाँबस्तीका हर्क बहादुर विश्वकर्मा,तूल बहादुर सिञ्जाली, अमित सुनार,विनोद परियार,सन्त बहादुर चेपाङ,विजय सुनार, दुर्गा आचार्य र श्रृजना चेपाङ माओवादी केन्द्रमै फर्किएका हुन् । आइतबार एक विज्ञप्ती जारी गर्दै उनिहरु माओवादी केन्द्रमै फर्किएको बताएका छन् । नेकपा एमाले पार्टीले लिएको कार्यदिशा अनुसार देश र जनताको भलो नहुन...

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
काठमाडौँ : ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत छ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने छ । सधैं कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकोमा यसवर्ष दसैं परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको हो । स्वास्थ्य सेवा विभागको पोषण शाखाले दिएको जानकारीअनुसार भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबाल...

गजुरीमा गुडिरहेको बसमा आगलागी

गजुरीमा  गुडिरहेको बसमा आगलागी
धादिङ : पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ । सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ । बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले ज...

नेकपा एमाले इच्छाकामनाको ६ वटा वडामा को वडाकमिटि सर्वसम्मत, वडा नम्बर १ को भोली चयन गरिने

नेकपा एमाले इच्छाकामनाको ६ वटा वडामा को वडाकमिटि सर्वसम्मत, वडा  नम्बर १ को भोली चयन गरिने
चितवन : इच्छाकामना गाउँपालिकाको सबै वडामा एमालेको सर्वसम्मत नेतृत्व चयन भएको छ । इच्छाकामना गाउँपालिकाका ७ वटै वडामा पार्टीको सर्वसम्मत नेतृत्व चयन गरिएको हो । ५ वटा वडामा वडा अधिवेशन सम्पन्न भएका छन् भने एउटा वडा अधिवेशनका लागि बाँकी छ । यद्यपि नेतृत्वमा भने सर्वसम्मत गरिएको छ । एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष कृष्ण सिलवालका अनुसार बाँकी रहेको वडा नम्बर १ मा भोलि अधिवेशन हुने छ । नेतृत्वमा भने सहमति भइसकेको छ । उनका अनुसार वडा नम्बर ७ को अध्यक्ष मणिराज गुरुङ्ग र सच...

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा पुन : रुद्रप्रसाद उप्रेती चयन

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा पुन : रुद्रप्रसाद उप्रेती चयन
कुरिनटार,५ कात्तिक । नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा पुन रुद्रप्रसाद उप्रेती चयन हुनुभएको छ । शुक्रबार सम्पन्न प्रथम अधिवेशनले उप्रेतीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो । उपाध्यक्षमा बुद्धिबल रानामगर,सचिवमा डोलनाथ त्रिपाठी,उपसचिवमा प्रकाश सिलवाल र श्रीकृष्ण नेपाल चयन भएका छन् ।नेकपा एमाले केन्द्रिय सदस्य देवी ज्ञवालीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले उप्रेतीको नेतृत्वमा ३१ सदस्यीय वडा कमिटी गठन गरिएको हो । अधिवेशनमा प्रदेश कमिटी सदस्य नारायण अधिकार...

अमृत गुरुङद्वारा खेलाडीहरुलाई भलिबल र जर्सी सहयोग

अमृत गुरुङद्वारा खेलाडीहरुलाई भलिबल र जर्सी सहयोग
कुरिनटार : चितवनको इच्छाकामना ३ फिस्लिङ्ग निवासी हाल स्विडेनमा रहनुभएका समाजसेवी अमृत गुरुङले खेलाडीहरुलाई भलिबल र जर्सी सहयोग गर्नु भएको छ । आज सगरमाथा युवा क्लब फिस्लिङका अध्यक्ष चेत बहादुर थापा मगरलाई क्लबका खेलाडीहरुका लागि ३ वटा भलिबल र २५ थान जर्सी हस्तान्तरण गर्नुभएको हो । गुरुङले जर्सी र भलिबल स्वीडेनबाट नै ल्याएर हस्तान्तरण गर्नुभएको हो । हाल परिवार सहित स्वीडेनमा रहनुभएका गुरुङ विगतदेखि नै समाजसेवामा निरन्तर लागि रहनुभएको छ । साथै उहाँले यस अघि इच्छाकामना ३ माझ गा...

तनहुँको थानीमाईमा १८ फूलको डोली भित्र्याइयो

तनहुँको थानीमाईमा १८ फूलको डोली भित्र्याइयो
तनहुँ : तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा १८ फूलको डोली भित्र्याइएको छ । प्रत्येक वर्ष कात्तिक महिनाको मङ्गलबार सो मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले मङ्गलबार दुई हजारभन्दा बढी भक्तजनले थानीमाईको दर्शन गरेको जानकारी दिनुभयो । “सोमबार राति ५५ भक्तजनले रातभर जागाराम बसेर बत्ती बाल्नुभएको छ”, उहाँले भन्नुभयो । कात्तिकको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाध...

मौसम : हिमपात मेघ गर्जन र चट्याङ्गसहित भारी बर्षाको सम्भावना

मौसम  : हिमपात मेघ गर्जन र चट्याङ्गसहित भारी बर्षाको सम्भावना
काठमाडौँ, ३ कार्तिक । जल तथा पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको बिहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ। हाल देशको प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा पूर्ण बदली र बाँकी भू–भागहरूमामा सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका एक÷दई स्थानहरूमा हल्का देखि मध्यम बर्षा भएको छ । दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरू...

कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा

कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा
काठमाडौँ : प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि शुरु गरिँदैछ ।आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि ...

प्रजिअसहित सह र उपसचिवको सरुवा

प्रजिअसहित सह र उपसचिवको सरुवा
काठमाडौँ : गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय अनुसार कैलालीका प्रजिअ खगेन्द्रप्रसाद रिजाललाई गृहमन्त्रालयमा, डोल्पाका प्रजिअ माधवप्रसाद ढकाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा, मुस्ताङका प्रजिअ श्रीनाथ पौडेललाई रोल्पाको सहायक प्रजिअमा पठाइएको छ । यस्तै अर्घाखाँचीका प्रजिअ विष्ण...