कुरिनटार : चितवनको इच्छाकामना ३ फिस्लिङ्ग निवासी हाल स्विडेनमा रहनुभएका समाजसेवी अमृत गुरुङले खेलाडीहरुलाई भलिबल र जर्सी सहयोग गर्नु भएको छ । आज सगरमाथा युवा क्लब फिस्लिङका अध्यक्ष चेत बहादुर थापा मगरलाई क्लबका खेलाडीहरुका लागि ३ वटा भलिबल र २५ थान जर्सी हस्तान्तरण गर्नुभएको हो ।
गुरुङले जर्सी र भलिबल स्वीडेनबाट नै ल्याएर हस्तान्तरण गर्नुभएको हो ।
हाल परिवार सहित स्वीडेनमा रहनुभएका गुरुङ विगतदेखि नै समाजसेवामा निरन्तर लागि रहनुभएको छ । साथै उहाँले यस अघि इच्छाकामना ३ माझ गाउँमा रहेको माझगाउँ मा. वि.का लागि २ कोठे भवन समेत निर्माण गरिदिनुभएको छ । साथै उहाँले गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न विद्यालयहरुमा आर्थिक तथा विद्यार्थीहरुका लागि शैक्षिक सामाग्रीहरु सहयोग गर्नुभएको थियो