चितवन : कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराती २ बजेको समयामा भरतपुर २९ केराबारी (मौरीखोला) पुल नजिकै बर्षासगैँ माथिबाट लेदोसहितको पहिरो खसी सडक दुइतर्फी अवरुद्ध बनेको हो । सडक विभागसंग समन्वय भई पहिरो पञ्छाउने गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । उक्त स्थानमा केही दिन यता पटक पटक लेदो सहित पहिरो खसी सडक अवरुद्ध हुदैँ आएको छ ।
फाइल फोटो