कुरिनटार, १ फागुन । इच्छाकामनामा पनि जनयुद्ध दिवस मनाइएको छ । आज चितवनको इच्छाकामना ४ स्थित कुरिनटारमा एक कार्यक्रमकाबीच २४ ओटा मैन बत्ती बालेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले २४ औँ जनयुद्ध दिवस मनाएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायणप्रसाद अधिकारीले परिवर्तनका लागि विभिन्न समयमा बलिदान दिनेहरु सहिदहरुको सम्मान गर्नु पर्ने बताउनुभयो ।
अहिलेको कम्युनिष्ट सरकारले जनताको पक्षमा काम गरेर सहिदको सपना पुरा गर्नु पर्नेमा उहाँको जोड थियो । सरकारले जनपक्षीय काम गरिरहेकोले देश समृद्धिको बाटोमा अघि बढेको पनि उहाँले बताउनुभयो ।
यसैबीच कार्यक्रममा नेकपा इच्छाकामनाका संयोजक प्रताप गुरुङले कम्यूनिष्टहरुको मुख्य उदेश्य भनेको सर्वहरा बर्ग राज्य स्थापना गर्नुभएकोले सहिदको सपना पुरा गर्नु नै सच्चा श्रदाञ्जली हुने बताउनुभयो । दुई पार्टी फरक फरक बाटोबाट स्थापित भएर आए पनि मुख्य उदेश्य एउटै भएकाले पार्टी एकताले मात्र त्यो उदेश्य पुरा गर्न सकिने उहाँको भनाई थियो । अब उत्साहित भएर अघि बढ्न आवस्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अर्का संयोजक दान बहादुर गुरुङले तत्कालिन माओवादीले थालेको जनयुद्ध र एमालेले बहुदलीय प्रतिष्पर्धाबाट बनाएको जनाधारले गर्दा नै अहिलेको परिवर्तन सम्भव भएको बताउनुभयो । उहाँले नेकपाको सरकारले जनताको काम गर्न सकेमात्र विभिन्न समयमा परिवर्तनका लागि बलिदान दिने सहिदहरुको सम्मान हुने बताउनुभयो ।
कार्यक्रममा जुनाराज भण्डारी, सावित्रि सिलवाल भूपेन्द्र चेपाङ लगायतले मन्तव्य राखेका थिए ।, उनिहरुले पार्टी एकतालाई जति सक्दो चाडो टुंगोमा पु¥याउन नेतृत्वलाई आग्रह गरेका थिए ।
कार्यक्रम नारायण अधिकारीको प्रमुख आतिथ्य तथा प्रताप गुरुङको सभापत्त्विमा सम्पन्न भएको हो ।
कामर्यक्रमको संचालन हरि थापाले गर्नुभएको थियो । कार्यक्रममा पार्टीका कार्यकर्ता सुभेच्छुकहरुको सहभागीता रहेका थिए ।