राजनीति

भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए
काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिएका छन्। आज बिहान सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर रावलले संघीय संसद सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। बिहीबार एमाले वरिष्ठ नेता माधव नेपाल रावलको घरमै पुगेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए। त्यसअघि अध्यक्ष केपी ओलीले पनि राजीनामा फिर्ता लिन रावललाई आग्रह गरेका थिए। गत साउन ३ गते प्रधानमन्त्री श...

जसपा विवाद: कार्यकारिणी समितिका ५१ जनाको ‘हेड काउन्ट’ हुँदै

जसपा विवाद:  कार्यकारिणी समितिका ५१ जनाको ‘हेड काउन्ट’ हुँदै
काठमाडौं : निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र विपक्षीलाई आयोगमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन आदेश दिएको हो । सोही दिन नै आयोगले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यको सनाखत गर्दै ‘हेड काउन्ट’ गर्नेछ भने त्यसपछि विवादको छिनोफानो गर्नेछ । ...

नेकपा एमाले एकताको जिम्मा अध्यक्ष ओलीलाई

नेकपा एमाले एकताको जिम्मा अध्यक्ष ओलीलाई
काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।वरिष्ठ नेता माधवकुमार नेपाल समूहले बहिष्कार गर्दै आएको सो केन्द्रीय कमिटी बैठकले पार्टीलाई एकताबद्ध बनाउन अध्यक्षले अधिकतम लचकता अपनाएर भए पनि एकताबद्ध बनाउने निर्णय गरेको एमाले सचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ४ साउनदेखि जारी केन्द्रीय कमिटी बैठक बिहीबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेपाली कम्युनिस्ट आन्दोलनको विकास...

आज नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै

आज नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस मनाइँदै
काठमाण्डौ : आज नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाइँदैछ । नेपालमा कम्युनिष्ट पार्टी मार्फत् नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गर्नुभएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद...

नेपाली कांग्रेस नेता अमरेश कुमार सिंहले सांसद पदबाट दिए राजीनामा

नेपाली कांग्रेस नेता अमरेश कुमार सिंहले सांसद पदबाट दिए राजीनामा
काठमाडौं : पार्टीको नयाँ सदस्यता वितरण समायोजन र नवीकरणको प्रकृया प्रति असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री समेत रहेका पार्टी संसदीय दलका नेता शेरबहादुर देउवा समक्ष राजीनामा पत्र बुझाएका हुन्। आफ्नो राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नं। २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन्। निधिको...

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३९ औँ स्मृति दिवस मनाइँदै

आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको ३९ औँ स्मृति दिवस मनाइँदै
काठमाण्डौ  : आज प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औँ स्मृति दिवस  विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०१५ सालको संसदीय चुनावपछि २०१६ जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो । कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि नेतृत्व गर्नुभयो । उहाँले बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाउनुभयो । २०१७ साल पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरि...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत

प्रधानमन्त्री  देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत पर्दा विपक्षमा ८३ मत
काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रधानमन्त्रीको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत परेको छ । प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन राख्नुभएको प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्री देउवाका पक्षमा सभाको बहुमतले विश्वासको मत दिएको हो । २४९ जना सांसद उपस्थित भएकामा एक जनाले भने दिन्न भन्ने पक्षमा मत दिएको सभामुख अग्नि सापकोटाले घोषणा गर्नुभयो । संसद भवन नयाँबानेश्वरमा आइतबार बसेको पुनर्स्थापित प्रतिनिधि सभाको प...

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने

प्रधानमन्त्री देउवाले आजै   विश्वासको मत  लिने
काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको हो । सर्वोच्च अदालतको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति देउवालाई गत असार २९ गते प्रधानमन्त्री पदमा नियुक्...

नेकपा एमालेमा माधव नेपाललाई कुनै ठाउँ छैन : ओली

नेकपा एमालेमा माधव नेपाललाई कुनै ठाउँ छैन :  ओली
काठमाडौं :  नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको बताउनुभएको छ । नेता नेपालले गर्दा नै आफू नेतृत्वको सरकार बहिर्गमन भएको दाबी गर्दै निजी निवास बालकोट पुगेर सम्बोधन गर्ने क्रममा ओलीले भन्नुभयो , पार्टीलाई आत्मालोचना गर्दै कमजोरी स्वीकारेर आए अन्यलाई एकपटक पार्टीमा मौका दिन सकिन्छ। तर, माधव नेपालले अब आत्मालोचना गरेर फर्किए पनि पार्टीमा स्वीकार्ने कुनै पनि ठाउँ छैन।, अध्यक्ष ओलील...

कांग्रेसमा गाउँतहदेखि केन्द्रिय तहसम्म रुपान्तरणको आवश्यकता छ : युवा नेता पौडेल

कांग्रेसमा गाउँतहदेखि केन्द्रिय तहसम्म रुपान्तरणको आवश्यकता छ  : युवा नेता पौडेल
चितवन,१४ असार । नेपाली कांग्रेसका यूवा नेता नविनराज पौडेलले अब समावेशीको आधारमा नेपाली कांग्रेस अघि बढ्नुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनका जिल्ला सदस्य समेत रहनुभएका पौडलले इच्छाकामना एफएमसंगको कुराकानीमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रुपान्तरणको प्रकृयामा जानुपर्ने भन्दै अब समावेशीको आधारमा नेपाली कांग्रेस अघि बढ्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो,“अबको कांग्रेस भनेको नेपाली जनताको भरोसाको केन्द्र बन्नुपर्छ, कांग्रेसमा गाउँतहदेखि केन्द्रिय तहसम्म रुपान्तरणको ...