राजनीति

प्रतिनिधिसभा विघटनको बिरुद्ध बेनिघाट रोराङमा माओबादीको राके जुलुस।

प्रतिनिधिसभा विघटनको बिरुद्ध बेनिघाट रोराङमा माओबादीको राके जुलुस।
कुरिनटार-पछिल्लो बिकसित राजनैतिक घटनाक्रमको बिरोधमा माओबादिको भातृ संगठन वाइसियलले धादिङको बेनिघाट रोराङ लगायत विभिन्न स्थानमा राकेजुलुस प्रदसन गरेको छ।                                                                          गाउँपालिकाको वडा १० स्थित चितवन र धादिङको सिमा क्षेत्र साथै धादिङबेसि लगाएत क्षेत्रमा राके जुलुस प्रदसन गरिएको हो।     प्रधानमन्त्री  खड्क प्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले अवैधानिक रुपमा संसद विघटन गरेको भन्दै  विपक्षी मोर्चा आन्दोल...

अनेमसंघ (क्रान्तिकारी) को अध्यक्षमा सम्झना खड्का सिलवाल, एमाले परित्याग गरि माओवादी केन्द्रमा २१ जना प्रवेश

अनेमसंघ (क्रान्तिकारी) को अध्यक्षमा सम्झना खड्का सिलवाल, एमाले परित्याग गरि माओवादी केन्द्रमा २१ जना प्रवेश
इच्छाकामना :  अखिल नेपाल महिला संघ (क्रान्तिकारी इच्छाकामनाको अध्यक्षमा सम्झना खड्का सिलवाल चयन हुनुभएको हो । चितवनको इच्छाकामना ३ सिद्धार्थ रिर्सोटमा सम्पन्न गाउँपालिका स्तारीय भेलाले सिलवालको अध्यक्षतामा ४१ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा अस्पसरा पौडेल,कल्पना गुरुङ र दमन कुमारी चेपाङ, सचिवमा शुसिला चालिसे र कोषाध्यक्षमा इन्द्रमाया मगर चयन हुनुभएको छ । नेपाल कम्यूनिष्ट नेकपा बागमती प्रदेश सचिवालय सदस्य तथा वागमती प्रदेश सांसद घनश्या...

पूर्व निर्धारित सबै परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१२ वैशाख, काठमाडौं । सरकारले देशभरका विद्यालय तथा शिक्षालयहरुका पूर्व निर्धारित सबै परीक्षा स्थगित गरेको छ । कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले भौतिक उपस्थित हुने पूर्व निर्धारित सबै परीक्षा अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन भने जारी राख्ने निर्णय भएको सीसीएमसी सचिवालयका संयोजक डा. खगराज अधिकारीले जानकारी दिए । कोरो...

पुनर्कर्जा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक

पुनर्कर्जा कार्यक्रमलाई निरन्तरता दिन आवश्यक
कोरोना कहरबाट ग्रसित ऋणीलाई सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सहुलियत ब्याजदरमा दिएको पुनर्कर्जा सुविधा निरन्तरता दिन उद्योगी–व्यवसायीले माग गरेका छन् । पर्यटनलगायत धेरै क्षेत्र हाल पनि पीडित रहेका तथा यसमा आश्रित कर्मचारी पनि बेरोजगार रहेका कारण सहुलियत ब्याजदरमा दिएको पुनर्कर्जा सुविधा निरन्तरताको साथसाथै रोजगार संरक्षण कोष स्थापना पनि आवश्यक रहेको होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन् । ‘कोरोना प्रभावित उद्योगका कर्मचारीलाई आफ्नो जीविकोपार्जन गर्...

नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको को बिस्तारित बैठक सम्पन्न

नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीको को बिस्तारित बैठक सम्पन्न
कुरिनटार : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) इच्छाकामना गाँउ कमिटीको बिस्तारित बैठक सम्पन्न भएको छ । बाग्मती प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद घनश्याम दाहाल अविनासको प्रमुख आतिथ्यतामा शनिबार बैठक सम्पन्न भएको हो । बैठकमा प्रत्येक वडा र जनवर्गिय संगठनहरुको प्रतिनिधिहरुले पार्टीको पछिल्लो अवस्थाको बारेमा रिर्पोटिङ गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागमती प्रदेश सचिवालय सदस्य घनश्याम दाहाल अविनासले पार्टी र भातृ संगठनलाई चलायमान बनाउन निर्देशन दिनुभयो...

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको स्थायी समिति बैठक डाके

अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको स्थायी समिति बैठक डाके
काठमाडौं :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले स्थायी समिति बैठक डाकेका छन्‌।​ सर्वोच्च अदालतले सत्तारुढ दल बनाएका पूर्व दुई पार्टी नेकपा ९एमाले० र माओवादी केन्द्रलाई पुरानै पहिचानमा रहनुपर्ने गरी फैसला सुनाएपछि प्रचण्डले पहिलोपटक माओवादी केन्द्रको कमिटी बैठक बोलाएका हुन्‌। बैठक साविक माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ। साविक एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई निर्वाचन आयोगले दर्ता गरेपनि सो ...

प्रतिनिधिसभा पुन : स्थापनाको खुसियालीमा कुरिनटारमा दीप प्रज्वलन

प्रतिनिधिसभा पुन :  स्थापनाको खुसियालीमा  कुरिनटारमा दीप प्रज्वलन
कुरिनटार, ११ फागुन । प्रतिनिधी सभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिन भित्रमा संसद पुनःस्थापना गर्न सर्वोच्च अदालतले फैसला गरेको खुसयालीमा चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा दीप प्रज्वलन गरिएको छ। अदालतको फैसलाको खुशीयालीमा नेकपा प्रचण्ड–माधव समूहले कुरिनटारमा अहिले साँझ दिप प्रज्वलन गरिएको हो। नेकपा प्रचण्ड माधव – समूहका नेता प्रताप गुरुङ ,  जुना राजभण्डारी, सावित्रा सिलवाल हरि बहादुर थापा लगायत  स्थानीय  नेता कार्यकर्ताहरुले कुरिनटारमा दीप प्रज्वलन ग...

इच्छाकामनामा नेकपा बिभाजनको असर एक-एक जना स्थानिय नेताले पुर्व एमाले र माओवादी क्याम्प परिवर्तन गरे।

इच्छाकामनामा नेकपा बिभाजनको असर एक-एक जना स्थानिय नेताले पुर्व एमाले र माओवादी क्याम्प परिवर्तन गरे।
कुरिनटार- नेपाल कम्युनिष्ट पार्टी विभाजनको असर चितवनको इच्छाकामना गाउँपालिकामा पनि प्रष्ट देखिएको छ। इच्छाकामनामा नेकपा विभाजनको असर पूर्व एमाले र पूर्व माओवादी आ–आफ्नै कित्तामा उभिएको देखिएको हो। सोमबार ओली समूहले चितवनमा ५९९ जनाको जिल्ला महाधिवेशन आयोजक कमिटि गठन गरेसँगै इच्छाकामनामा पनि नेकपा विभाजनको असर प्रष्ट देखिएको हो। ओली समूहको जिल्ला महाधिवेशन आयोजक कमिटिमा इच्छाकामना गाउँपालिकाबाट मात्रै २६ जना सदस्यमा परेका छन्। नेकपाका तात्कालिन अध्यक्ष दान बहादुर गुरुङ, वडाध्य...

प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति कांग्रेसको आपत्ती

प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति कांग्रेसको आपत्ती
काठमाडौं  : प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश २ प्रमुखमा गरिएको नियुक्ति र बर्खास्तीप्रति विरोध जनाएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार प्रदेश २ प्रमुखबाट तिलक परियारलाई हटाएर राजेश अहिराज झालाई नियुक्त गरेको थियो। अघिल्लो सरकारको पालामा गरिएको प्रक्रियागत नियुक्तिलाई बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्त गरेको आरोप लगाएको छ। सरकरले प्रदेश प्रमुखको गरिमा घटाएको र निर्वाचन घोषणा भएको छ भनी दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब द...

बैतडिमा कांग्रेसको सभामा ओलि पक्ष नेकपा द्वारा आक्रमण ।

बैतडिमा कांग्रेसको सभामा ओलि पक्ष नेकपा द्वारा आक्रमण ।
 बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका छन्। जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन। उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदको पेटमा ढुंगा लागेको डिलासैनी गाउँपालिका कार्यसमिति सचिव बिरबहादुर बिष्टले बताए।उक्त सभामा नेपाली कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो।  झडप पछि प्र...