चितवन,१४ असार । नेपाली कांग्रेसका यूवा नेता नविनराज पौडेलले अब समावेशीको आधारमा नेपाली कांग्रेस अघि बढ्नुपर्ने बताउनुभएको छ । कांग्रेस चितवनका जिल्ला सदस्य समेत रहनुभएका पौडलले इच्छाकामना एफएमसंगको कुराकानीमा नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट रुपान्तरणको प्रकृयामा जानुपर्ने भन्दै अब समावेशीको आधारमा नेपाली कांग्रेस अघि बढ्नुपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो,“अबको कांग्रेस भनेको नेपाली जनताको भरोसाको केन्द्र बन्नुपर्छ, कांग्रेसमा गाउँतहदेखि केन्द्रिय तहसम्म रुपान्तरणको आवश्यकता छ, १४ औँ महाधिवेशनबाट रुपान्तरणको प्रकृयामा जानुपर्छ, अब कांग्रेसलाई समावेशीको आधारमा अघि बढाउनुपर्छ ।” उहाँले चितवनको कांग्रेसमा पनि एकता खाचो रहेको बताउनुभयो ।
साथै नेता पौडेलले व्यक्तिवादी र व्यक्तिको गुट–उपगुट भन्दा पनि संगठित कांग्रेस जनताले चाहेको दाबी गर्दै यो विसंगत विकृत ढंगबाट अगाडी बढीरहेको अवस्थामा कार्यशैलमिा सुधार गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “ महाधिवेशनको संघारमा उभिएको कांग्रेस अहिले कोरोनाको महामारीकाबिच पनि सवैधानिक संकट टार्नका लागि महाधिवेशनमा होमिएको छ , देशभरी नै कांग्रेसले १४ औँ अधिवेशन निर्धारित समयमा गर्नुपर्ने जिम्मेवारी कांग्रेसलाई छ भने कोरोनाको महामारीबाट जोगिएर जनतालाई बचाएर आफ्नो अधिवेशन सम्पन्न गर्नुपर्ने चुनौती रहेको छ ।” उहाँले अब नेपाली कांग्रेस चितवनले पनि युवा र बुढापाकालाई मिलाएर फ्यूजन सहितको समावेशी टिम बनाउने बताउनुभयो ।

सचिवमा उम्मेदवारी दिने

यसैबिच नेता पौडेलले कांग्रेस चितवनकोे सचिव पदमा उम्मेदवारी दिने बताउनुभयो ।कांग्रेस चितवनको सचिव पदमा आफु बलियो साझा उम्मेदवार बन्ने दावी समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “ म २० औँ बर्षदेखि कांग्रेसम कृयाशिल रहदैँ आएको छु, १५ बर्ष कांग्रेस केन्द्रिय प्रचार विभागको सदस्य रहेर जिम्मेवारी पुरा गरेको छु । विगत ६ बर्षदेखि चितवनमै रहेर पार्टीमा कृयाशिल रहेको छु, पार्टीले जिल्ला सदस्यको भूमिकामा समेत निर्वाह गर्ने अवसर दिएको छ , महाधिवेशनको नेतृत्वका लागि अहिले ५÷६ वटा समूह भएपनि सचिव पदका लागि अधिकांश समूहले मलाई साझेदारी उम्मेदवार बनाउनेमा विश्वस्त छु । ”
उहाँले सचिव पद सचिवालय चलाउनेदेखि लिएर कार्यक्रम संचालन तथा पार्टीको हरेक गतिविधिको जनता सामु लैजान प्रचार प्रसारको भूमिका सहज ढंगले निर्वाह गर्नसक्ने भन्दै सचिव पदमा नै आफुले उम्मेदवारी दिने बताउनुभयो ।
साथै संचार क्षेत्रमा २० बर्ष भन्दा बढि अनुभव बटुलेको, पार्टीमा पनि उतिकै योगदान दिएको र जनता माझ पार्टीको हरेक गतिविधि लैजान र संगठन निर्माणमा शसक्त भूमिका निर्वाह गर्न सक्ने र यूवाहरु नेतृत्वको महत्वपूर्ण भूमिकामा आउनुपर्ने माग भइरहेकोले पनि सचिव पदमा उम्मेदवारी दिने उहाँको भनाईछ ।