राजनीति

इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङ नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित

इच्छाकामना गाउँपालिका  अध्यक्ष  गुरुङ नेपाली कांग्रेसको महासमिति सदस्यमा  निर्वाचित
चितवन : इच्छाकामनाका गाउँपालिका अध्यक्ष गीता कमारी गुरुङ नेपाली कांग्रेसको महासमिति सदस्यमा निर्वाचित हुनुभएको छ । शुक्रबार सम्पन्न नेपाली कांग्रेस चितवनको १४ औं जिल्ला अधिवेशन अन्तरगत आज बिहान आएको मतपरिणाम अनुसार सर्वाधिक मतका साथ निर्वाचित हुनुभएको हो । निर्वाचनमा महिलातर्फ २ जनाको कोटामा ३ जनाको प्रतिस्पर्धा भएको थियो। गुरुङले महिलातर्फ सर्वाधिक ५ सय ४८ मत ल्याएन सफल हुनुभयो । यस्तै अर्को १ जना सदस्यमा ५ सय १८ मतका साथ महिला अधिकारकर्मी मिना खरेल निर्वाचि...

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ३ को अध्यक्षमा राधादेवी पोखरेल

अनेमसंघ क्रान्तिकारी इच्छाकामना ३ को अध्यक्षमा राधादेवी पोखरेल
चुम्लिङटार : माअ‍ोवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (अनेमसंघ क्रान्तिकारी )इच्छाकामना वडा नम्बर ३ को अध्यक्षमा राधादेवी पोखरेल चयन हुनुभएको छ । चुम्लिङटारमा सम्पन्न वडा भेलाले पोखरेलको नेतृत्वमा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । भेलाले उपाध्यक्षमा कमला चेपाङ, सचिवमा मिश्रा गुरुङ ,सह–सचिवमा अनुसा चेपाङ र कोषाध्यक्षमा सुमित्रा पोखरेललाई चयन गरेका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य प्रताप गुरुङको प्रमुख अतिथि तथा प्रदेश कमिटी सदस्य सावित्री सिलवाल...

नेपाली कांग्रेस चितवनको सभापतिमा निर्विरोध बन्न सफल राजेश्वर खनालको राजनीतिक यात्रा

नेपाली कांग्रेस चितवनको सभापतिमा निर्विरोध  बन्न सफल राजेश्वर खनालको राजनीतिक यात्रा
चितवन : झण्डै चार दशक राजनीतिक यात्रा तय गर्नुभएका राजेश्वर खनालले नेपाली कांँग्रेस, १४ औं महाधिवेशन अन्तर्गत चितवनको शुक्रबार भएको अधिवेशनबाट निर्विरोध सभापति बन्न सफल हुनुभएको छ । सभापति पदको दोस्रो चरणको निर्वाचनमा मिलनबाबुले उम्मेदवारी फिर्ता लिएपछि सबैभन्दा बढी मत ल्याएका खनाल निर्विरोध सभापति बन्न सफल हुनुभएको हो । तीनदशकदेखि शैक्षिक क्षेत्रमा समेत क्रियाशील हुँदै आउनुभएका उहाँ चितवन काँग्रेसको राजनीतिमा परिचित अनुहार र स्थापित नेता हुनुहुन्छ । २०४१ सालमा नेपाल व...

नेपाल महिला संघ गण्डकी गापाको सभापतिमा गीता दाहाल

नेपाल महिला संघ गण्डकी गापाको सभापतिमा गीता दाहाल
गोरखा : गोरखाको गण्डकी गाउँपालिकामा नेपाल महिला संघको तदर्थ समिति गठन गरिएको छ । नेपाली कांग्रेस क्षेत्रिय सभापति नारायण लामिछानेको प्रमुख आतिथ्यमा भूम्लिचोकमा शनिबार सम्पन्न भेलाले गीता दाहालको नेतृत्वमा १७ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । भेलाले सभापतिमा गीता दाहाल, उपसभापतिमा विना श्रेष्ठ, सचिवमा उर्मिला भूजेल, सचिवमा मिना पन्त, सह–सचिवमा बालिका गौतम र कोषाध्यक्षमा गीता देवकोटालाई चयन गरिएको छ । नेपाली कांग्रेस क्षेत्रिय सभापति नारायण लामिछानेको प्रमुख अतिथ...

कांग्रेस चितवनको सभापतिका लागि पुनः मतदान हुने, पहिलो चरणमा राजेश्वर खनालले पाए सर्वाधिक मत

कांग्रेस चितवनको सभापतिका लागि पुनः मतदान हुने, पहिलो चरणमा राजेश्वर  खनालले पाए सर्वाधिक मत
चितवन : नेपाली कांग्रेस, चितवनको सभापतिका लागि पुनः मतदान हुने भएको छ। सभापतिका ५ जना उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत बढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शनिबार ९आज० मतदान हुने भएको हो। जिल्ला निर्वाचन परिचालन समिति, चितवनका अनुसार शुक्रबार खसेको २ हजार ८ सय २० मतमध्ये राजेश्वर खनालले सबैभन्दा धेरै ७ सय ४६ र मिलनबाबु श्रेष्ठले ६ सय ६२ मत ल्याएका थिए । यस्तै उत्तम जोशीले ४ सय ७२, डा सूर्यकान्त घिमिरेले ४ सय २६, कैलाश कोइरालाले ४ सय १२ मत पाएका थिए । भन...

कांग्रेस चितवन अधिवेशन : सभापतिको मतगणना सुरु

कांग्रेस चितवन अधिवेशन   :  सभापतिको  मतगणना सुरु
चितवन : नेपाली कांग्रेस चितवनको अधिवेशन अन्तरगत मतगणना सुरु भएको छ । पहिलो चरणमा सभापति तर्फको मतगणना सुरु भएको हो । नयाँ नेतृत्वका लागि आज भएको मतदानमा २ हजार ८ सय २० मत खसेका थिए । नारायणगढस्थित नारायणी कलामन्दिरमा विहान १०ः३० बजेदेखि अपरान्ह ६ः३० बजेसम्म मतदान चलेको थियो । कुल २ हजार ९४५ मतदाता रहेकोमा उक्त मत खसेको निर्वाचन समितिका सदस्य श्रीराम दुवाडीले जानकारी दिए । कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत प्राप्त गर्न नसके दोस्रो चरणमा मतदान हुनेछ ।सभापतिका लागि...

कांग्रेस चितवनको अधिवेशन शुक्रवार, सभापतिमा ६ जनाको आकांक्षा

कांग्रेस चितवनको अधिवेशन शुक्रवार, सभापतिमा  ६  जनाको आकांक्षा
चितवन : नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन शुक्रवार हुने भएको छ। विगतमा पटक–पटक रोकिँदै आएको अधिवेशन हुने निश्चित भएको हो। कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नारायणगढको नारायणी कला मन्दिरमा अधिवेशन हुने जानकारी दिए। उनका अनुसार अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ। यसैगरी तीन क्षेत्रबाट ११ जनाका दरले ३३ महासमिति सदस्यको चयन हुनेछ। जिल्ला सभापतिका लागि ६ जनाले आकांक्षा राखेका छन्। प्राडा सूर्यकान्त घिमिरे, कैलाश कोइराला, उत्तम ...

इच्छाकामनामा एमसीसी पक्षधरका सांसदहरुलाई निषेध, गाउँपालिका कार्यालयको प्रवेशद्धारमा विप्लवको ब्यानर

इच्छाकामनामा एमसीसी  पक्षधरका सांसदहरुलाई निषेध,  गाउँपालिका  कार्यालयको प्रवेशद्धारमा विप्लवको ब्यानर
कुरिनटार : चितवनको इच्छाकामनामा सांसदहरुलाई प्रवेश निषेध गरिएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको पक्षधरका सांसदहरुलाई प्रवेश निषेधको घोषणा गरेका हुन् । सो पार्टीका गाउँकमिटी इन्चार्ज रघुबिरले एमसीसीको पक्षधरका सांसदहरुलाई गाउँपालिकामा निषेध गरिएको बताउनुभयो । इन्चार्ज रघुबिर,सेक्रेटरी विपिन र युवा संगठन नेपालका अध्यक्ष सन्तोष मगर लगायतको उपस्थितिमा गाउँपालिका कार्यालयको प्रवेशद्धारमा ब्यानर समेत टाँसिएको छ । ब्यानरमा राष्ट्रघाती ए...

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इच्छाकामनाको अध्यक्षमा सोनाम हुसेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इच्छाकामनाको अध्यक्षमा सोनाम हुसेन
कुरिनटार : इच्छाकामनामा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संगठन विस्तार गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि सोनाम हुसेनको अध्यक्षतामा १० सदस्यीय गाउँपालिका स्तरीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा सत्संग सिलवाल, सचिवमा दिपेन्द्र खड्का, सहसचिवमा लक्ष्मण गुरुङ, कोषाध्यक्षमा रविना खड्का चयन भएको छ । यस्तै सदस्यहरुमा विवेक गुरुङ, सन्तबहादुर तामाङ, शिव मगर, रुपेश गुरुङ चयन भएको छ । राप्रपा केन्द्रीय सहमहामन्त्री रिना गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न का...

मन्त्री दाहालद्वारा इच्छाकामनाको पार्टी कार्यालयको उद्घाटन, जसपाका नेता पोखरेल माओवादी केन्द्रमा प्रवेश

मन्त्री दाहालद्वारा  इच्छाकामनाको पार्टी कार्यालयको उद्घाटन, जसपाका नेता  पोखरेल  माओवादी केन्द्रमा प्रवेश
कुरिनटार: नेकपा माओवादी केन्द्र इच्छाकामनाको पार्टी कार्याल उद्घाटन गरिएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले कुरिनटारमा एक कार्यक्रमकाबिच कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेश सदस्य प्रताप गुरुङ,सावित्री सिलवाल लगायतको आतिथ्य रहेका थिए । साथै उक्त कार्यक्रममा जसपा नेता प्रकाश पोखरेल नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । उहाँलाई मन्त्री दाहालले अविर र खदा ओढाएर पार्टीमा स्वागत गर्नुभएको...